बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – जिपको ‘मोस्ट अवार्डेड एसयुभी’ ग्रान्ड चेरोकी काठमाडौंको सडकमा देखिएको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ग्रान्ड चेरोकी ल्याउने बताए पनि यो एसयुभी भित्रिसकेको आधिकारिक जानकारी भने अहिलेसम्म दिएको छैन ।
नेपाल अटोका प्रतिनिधिले जिप ग्रान्ड चेरोकीलाई काठमाडौंकै सडकमा गुडिरहेको देखेका हुन् । सेतो रंगको ग्रान्ड चेरोकीले ‘रोड प्रेजेन्स’ जोडदार थियो ।
लक्जरी सेग्मेन्टमा राखिने जिप ग्रान्ड चेरोकी मिड साइज एसयूभी हो । सामान्यतया एसयूभीहरु बडी अन फ्रेममा निर्माण गरिने भए पनि यो एसयूभी भने युनिबडी च्यासिसमा निर्माण गरिएको हुन्छ । अफरोडमा समेत तीव्रगतिमा दौडन यसले मद्दत गर्छ । यो एसयुभीले शून्यबाट १०० किमी प्रतिघण्टाको गति मात्र ३.६ सेकेन्डमै लिन सक्ने बताइन्छ । यसको टप स्पिड २९० किमी प्रतिघण्टा हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा ग्रान्ड चेरोकी ३.०, ३.६ पेन्टास्टार, ५.७ भी८, ६.४ भी८ र ६.२ भी ८ गरी पाँच इन्जिन क्षमतामा उपलब्ध भए पनि नेपालमा भने ३ लिटर इन्जिनयुक्त एसयुभी आएको देखिन्छ । फोर ह्विल ड्राइभमा उपलब्ध अटोमेटिक ट्रान्समिसनयुक्त यो एसयुभीको इन्जिनले १७२ किलोवाट पावर र २८५ एनएम टर्क जेनेरेट गर्ने जिपको वेबसाइटमा उल्लेख छ ।
यो एसयुभीको लम्बाई, चौडाई र उचाई क्रमशः ४८२०, १९४३ र १७६० एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स २१५ एमएम छ भने ह्विलबेस २९१५ एमएम छ । यसमा ९३ लिटरको इन्धन ट्यांकी हुनेछ ।
पावर स्टेयरिङ भएको सो गाडीको स्टेयरिङ कोलम टिल्ट एन्ड टेलिस्कोपिक रहेको छ । यसमा स्टेयरिङ ह्विल माउन्टेड अडियो कन्ट्रोल छ ।
ग्रान्ड चेरोकीको ब्रेक सिस्टम पनि फरक खालको हुन्छ । यसमा दुवैतिर डिस्क ब्रेक छ भने रेन ब्रेक सपोर्ट र एन्टी–लक फोर ह्विल एफएनसी डिस्क एचडी ब्रेक उपलब्ध हुन्छ ।
सुरक्षाका लागि गाडीमा सप्लिमेन्टल साइड कर्टेन फ्रन्ट र रियर एयरब्याग, ड्राइभर इनफ्लेटेबल नि–बोस्टर एयरब्याग, सप्लिमेन्टल फ्रन्ट सिट साइड एयरब्याग, एक्टिभ हेड रिस्ट्रेन्ट, टायर प्रेसर मोनिटरिङ डिस्प्ले, चाइल्ड सिट अपर टेथर एङकरेज, चाइल्ड सिट एङकर सिस्टम–ल्याच रेडी, सिटबेल्ट वार्निङ र सेन्टर रियर थ्री प्वाइन्ट सिटबेल्ट जस्ता फिचर यसमा उपलब्ध छन् ।
गाडीमा अटोमेटिक हेडल्याम्प, बाई–जेनन एचआईडी हेडलाइट, एलईडी डेटाइम रनिङ लाइट, एलईडी टेलल्याम्प, एलईडी फगल्याम्प र रियर फगल्याम्पको सुविधा छ । वातावरण अनुसार यी लाइटलाई एड्जस्ट गरेर गाडी चलाउन सकिन्छ ।
सुविधा र सहजताका लागि यसमा रिमोट किलेस इन्ट्री, रिमोट प्रोक्सिमिटी किलेस इन्ट्री र ड्युअल रिमोट यूएसबी पोर्टको प्रयोग गर्न सकिन्छ । इन्फोटेनमेन्टका लागि यसमा ब्लुटुथ सहितको इन्टिग्रेटेड भ्वाइस कमान्ड, जेएलपी जीपीएस एन्टेना इनपुट, एन्ड्रोइड अटो र ७ इन्च डिस्प्ले भएको कारप्ले युकनेक्ट फोर उपलब्ध हुनेछ ।
काठमाडौंको सडकमा परीक्षण गर्दै गरिएको ग्रान्ड चेरोकीलाई एमएडब्लु लाइफले केही समयमै लन्च गर्ने अनुमान छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...