१ करोड ४० लाख सम्म पर्ने जिपको एक्सचेन्ज इभेन्ट सुरु, ७० प्रतिशत फाइनान्स र १२ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि आजबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ ।

यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसरिज पाउनेछन् ।

यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको बताएको छ ।

ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी https://jeep.com.np/exchange-with-jeep/ मा लगइन गरेर पाउन सक्नेछन् ।

यसै वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढेको छ । यो आर्थिक वर्षको मध्यसम्म आइपुग्दा जिपले यो सकारात्मक गतिलाई कायमै राखेको छ ।

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ ।

नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरिएन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ ।

एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक -यांग्लर, -यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा स्कोडा कुशाकको डेलिभरी प्रारम्भ, प्रतीक्षामा नेपाली ग्राहक

भारतमा स्कोडा कुशाकको डेलिभरी प्रारम्भ, प्रतीक्षामा नेपाली ग्राहक

चेक कार निर्माता कम्पनी स्कोडा कुशाकको भारतमा डेलिभरी प्रारम्भ भएको छ । गत...

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

कुसाक र स्लाभिया सफल भएपछि मार्च महिनामा स्कोडाले हाँसिल गर्यो किर्तिमानी सेल्स रेकर्ड

कुसाक र स्लाभिया सफल भएपछि मार्च महिनामा स्कोडाले हाँसिल गर्यो किर्तिमानी सेल्स रेकर्ड

चेक रिपव्लिकन ब्रान्ड स्कोडले मार्च महिनामा कितीमार्नी बिक्री हाँसिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...