बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अमेरिकन आइकनिक व्रान्ड जीपले भारतीय बजारका लागी कम्पास एसयूभीको सवै भेरिएन्टमा ९० हजार भारु बृद्धि गरेको छ । कुल १२ भेरिएन्टमा बिक्री हुँदै आइरहेको यो एसयुभीको सुरुवाती मुल्य भारतमा १८ लाख ३९ हजारबाट बृद्धि भई १९ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
भारतमा ५ वर्षअघि लन्च भएको यो एसयूभीमा कम्पनीले एकैपटक यति धेरै रकम बृद्धि गरेको यो पहिलो पटक हो । कम्पनीले यसअघि पनि पटकपटक यसको मूल्य समायोजन गर्दै आइरहेको थियो । जीपले १ वर्षअघि यसको फेसलिफ्ट मोडल सार्वजनिक गरिएको थियो । साथै यसको लंगिच्यूड(ओ) भेरिएन्टलाई कम्पनीले वन्द समेत गरेको जनाइएको छ ।
भारतीय बजारमा मूल्य बृद्धि भएपछि यसको सिधा असर नेपाली बजारमा समेत पर्ने देखिएको छ । भारतमा ९० हजार भारु बृद्धि हुँदा नेपालमा यो एसयूभी ५ लाख रुपैयाँसम्मले महंगो पर्न सक्ने आँकलन गरिएको छ । नेपाली बजारमा अहिले यसको कुल नौ भेरिएन्ट उपलब्ध छन् । जसमध्ये वेस भेरियन्ट स्पोर्ट म्यानुअल पेट्रोलको मूल्य ८७ लाख ९० हजार कायम गरिएको छ भने टप भेरियन्ट मोडल एस आटोमेटिक फोर ह्विल ड्राइभ डिजेलको १ करोड ३९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जीपले कम्पासलाई १.४ लिटर टर्वो पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा निर्माण गरी विक्रीवितरण गर्दै आइरहेको छ । यी मध्ये १.४ लिटर टर्वो पेट्रोलको पावर १६३ एपची र २.० लिटर डिजेलको पावर १७३ एचपी रहेको छ । कम्पनीले निकट भविष्यमै ग्रान्ड चेरोकीको नयाँ जेनेरेशन लन्च गर्ने तयारी गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...