११० भन्दा बढी सेफ्टी फिचरसहित भारतमै उत्पादन हुने जिप ग्रान्ड चेरोकीको बुकिङ शुरु
जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ...
काठमाडौं – आयात निर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महिनामा यस्ता वस्तुको आयात बढेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महिनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जिपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो ।
गत आवको पहिलो ३ महिनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० वटा यस्ता साधन भित्रिएका थिए ।
चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करिब उस्तै छ ।
१ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ वटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । त्यसैगरी यो अवधिमा पिकअप गाडीको आयातसमेत ९९ प्रतिशतले बढेको छ ।
ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महिनामा २२० वटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको बताइएको छ ।
जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ...
चेक रिपव्लिकन ब्रान्ड स्कोडले मार्च महिनामा कितीमार्नी बिक्री हाँसिल...
काठमाडौं – स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाकको भारतमा मूल्य सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...