गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर
गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...
जिपले पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक एसयूभी पेरिस मोटर शोमा प्रदर्शन गरिएको हो । सो एसयूभी चाँडै नै लन्च गर्ने सम्भावना रहेको छ । एभेन्जर इलेक्ट्रिक एसयूभी ईसीएमपी प्लेटफर्ममा आधारित छ ।
जिपले सो इलेक्ट्रिक मोडलको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । यसको अगाडिको बम्परलाई आकर्षक तरिकाले डिजाइन गरिएको छ । यसमा बाहिरबाट प्लाष्टिक फेन्डर देख्न सकिन्छ । यो इलेक्ट्रिक एसयूभीमा १८ इन्चको आल्मुनियम ह्विल समावेश गरिएको छ । सो एसयूभीको रियरमा सिग्नेचर एलईडी टेललाइट समावेश गरिएको छ । जिप इलेक्ट्रिक एसयूभी एभेन्जरमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ ।
एभेन्जरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी सिस्टमको साथमा सेम साइजको डिजिटल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । एसयूभीमा पावर एड्जस्टमेन्टको साथमा लेदर ट्रिम भएको सिट र मसाज फंक्शन, मल्टी कलर एम्बियन्ट लाइटिङ सिस्टम र प्यानोरामिक सनरुफ दिइएको छ ।
जिप एभेन्जर इलेक्ट्रिकमा ५४ केडब्ल्युएच लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । जसले १५६ एचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । जिपको एभेन्जर इलेक्ट्रिक एसयूभीले ४०० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै सिटी मोडमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्ने दाबी पनि गरिएको छ । यसमा ६ वटा ड्राइभिङ मोड दिइएको छ ।
जिप एभेन्जर लगभग २४ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । पब्लिक चार्जिङ प्वाइन्टबाट यो एसयूभी ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसको मूल्य भने अहिले सार्वजनिक गरिएको छैन ।
नेपाली बजारमा जिपका सवारी साधनहरु लाइफ अटोमोबाइलले बिक्री–वितरण गरिरहेको छ । भविष्यमा यो इलेक्ट्रिक कार नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।
गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...
फक्सकनले उत्पादन बन्द ग-यो भने बीवाईडीले फ्याक्ट्री निर्माण आइफोन...
टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...