दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय ब्राण्ड महिन्द्राले हिँजो एकैदिन नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेका छन् । जीपले एभेन्जर र महिन्द्राले एक्सयूभी ४०० नामबाट यी एसयूभी सार्वजनिक गरेको हो । यी दुवै एसयूभी जीप र महिन्द्राको इलेक्ट्रिक लाइनअपमा नयाँ मोडल हुन् ।

महिन्द्राले सार्वजनिक गरेको एक्सयूभी ४०० लाई कम्पनीले अर्को वर्षको जनवरी महिनादेखी डेलिभरी दिने जनाएको छ भने जीपले अक्टोवर १७ देखीमात्र वुकिङ लिन शुरु गर्ने बताएको छ । यी दुवै एसयूभी ढिलोचाँडो नेपाली बजारमा समेत उपलब्ध हुनेछन् ।

यी २ एसयूभीमध्ये महिन्द्रा एक्सयूभी ४०० मा ३९.४ किलोवाट आवर क्षमताको व्याट्री प्याक तथा ११२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ । एक्सयूभी ३०० मा आधारित यो नयाँ इलेक्ट्रिक कारले एकपटकको फूल चार्जमा ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

५० किलोवाट सम्मको डिसी चार्जर सपोर्ट गर्न सक्नेगरी निर्माण गरिएको यो एसयूभीमा ३.३ किलोवाट क्षमताको १६ एम्पियर चार्जर दिइएको छ । उक्त चार्जरको साहयताले गाडीलाई १३ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसैगरी ७.२ किलोवाटको चार्जरले ६ घण्टा ३० मिनेट र ५० किलोवाट क्षमताको डिसी चार्जरले जम्मा ३० मिनेट भित्र सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दावी छ ।

अर्कोतर्फ जीप एभेन्जरमा कम्पनीले कुन साइजको व्याट्री उपलब्ध गराएको छ भन्ने विषयमा कुनै जानकारी नदिएपनि मोटर भने ७० किलोवाट क्षमताको जडान गरेको जनाएको छ । यो एसयूभीलाई एकपटक फूल चार्ज गर्दा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने दावी छ ।

जीपले एभेन्जरलाई प्लग इन हाइव्रिड मोडलमा समेत सार्वजनि गरेको छ । जसमा १.२ लिटर क्षमतको इन्जिन र १७ किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान हुनेछ । साथै उसले २ वर्षपछि बजारमा ल्याउनेगरी रिकोन र वागिनार एस कन्सेप्ट समेत सार्वजनिक गरेको छ ।

यी दुई व्राण्डमध्ये जीप उच्च क्षमताको विलासी एसयूभी निर्माणका लागी विश्वभर कहलिएको ब्रान्ड हो भने महिन्द्रा भारतको सवैभन्दा ठूलो एसयुभी उत्पादक हो । विश्व बजारमै एसयूभी सेग्मेन्टका गाडीको माग बढिरहेको अबस्थामा यी दुई ठूला र प्रख्यात व्रान्डले इलेक्ट्रिक एसयूभी उत्पादनमा प्रवेश गरेपछि इभी पारखीमा थप उल्लास छाएको छ ।

सम्बन्धित समाचारहरू

सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा

सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा

ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत...

याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा, मूल्य ६ लाख ६० हजार

याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा, मूल्य ६ लाख ६० हजार

काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...