मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
अमेरिकी कार निर्माता कम्पनी जिपले यो महिना स्थापनाको ८०औं वर्ष मनाइरहेको छ । यसै सन्दर्भमा हालै एक प्रमोसनल भिडियो सार्वजनिक गरेको छ, जसको अन्त्यमा जिप -यांगलर एसयूभी पुरै पानीभित्र गुडिरहेको देखाइएको छ । हेर्दा यो साइन्स फिक्सन मुभी जस्तो लाग्छ ।
यद्यपि यसरी पानीमा कुनै पनि गाडी गुड्नु पुरै असम्भव भने नहुन सक्छ । इलेक्ट्रिक सवारी साधनलाई इन्टरनल कम्बसन इन्जिन जस्तो काम गर्नका लागि हावा चाहिदैन । यद्यपि यसको भित्र पुरै एयर टाइट भने हुनु आवश्यक छ ।
जिपका फ्यानहरुले पहिले नै यस प्रकारको एसयूभी इन्टरनेटमा भाइरल बनाइसकेका छन् । यही कुरालाई मनन गरी जिपका सीईओ क्रिस्चियन म्युनियरले पनि यो कुराको सम्भावना औल्याएका छन् । द डेट्रोयट न्युजसँगको कुराकानीमा उनले सम्भवतः सन् २०३० पश्चात यो असम्भव नहुने बताएका छन् ।
त्यसैगरी भिडियोमा अन्य धेरै प्राविधिक कार्यहरु देख्न सकिन्छ । यसमा बायोमेट्रिक फेस रिकग्निसन, फुल्ली इलेक्ट्रिक पावरट्रेन, डाइनामिक टायर प्रेसर सिस्टम, पियर टु पियर चार्जिङ, मल्टी पावर पोर्ट, जिप ड्रोन पेयरिङ आदि सन् २०२५ पश्चात नै आउन सक्ने देखाइएको छ ।
त्यसैगरी अटोनोमस अफरोड क्यापाबिलिटी र रिमोट भेइकल ट्रयाकिङ चाहिं २०३० पश्चात आउन सक्ने छ ।
नेपाली बजारमा पनि जिप ब्रान्ड उपलब्ध छ । केही दिन पहिले मात्र नयाँ जिप कम्पास नेपाली बजारमा भित्रिएको छ ।
उक्त भिडियो यो लिंकमा हेर्न सकिन्छ ।
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत...
काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...