१ लाख ग्राहकमा गरिएको सर्बेक्षणले ईभीबारे निकाल्यो यस्तो निष्कर्ष

जेडी पावरले ईभीमा हालै गरेको गुणस्तर सर्बेक्षणको निष्कर्ष सार्बजनिक गरेको छ । जसअनुसार ईभी धनीले परम्परागत कम्वसन कारको तुलामा उच्च समस्याहरु भोग्नुपरेको बताएका छन् । ९० दिन पहिले गाडी खरिद गरेका करिब १ लाख ग्राहकहरूको प्रतिक्रियालाई आधार मानेर जेडी पावरले यस्तो निष्कर्ष सार्बजनिक गरेको हो ।

२०७ वटा प्रश्नहरुलाई ७ क्याटेगोरीमा विभाजन गरी सम्पन्न गरिएको उक्त सर्बेक्षणमा इन्फोटेनमेन्टदेखि ड्राइभिङ एसिस्टेन्ससम्म र ड्राइभिङ अनुभव सम्म समेटिएको थियो । साथै, पहिलो पटक, सर्वेक्षणले मर्मत भिजिट डेटालाई समेत समावेश गरेको थियो ।

सर्वेक्षणको नतिजा अनुसार १० वटै क्याटेगोरीमा कम्वसन गाडीको तुलनामा ईभी र प्लग–इन हाइब्रिड कारको मर्मतसम्भार जटिल रहेको निष्कर्ष निकालएको हो ।

प्रतिवेदन अनुसार डिजेल र पेट्रोल कारका लागि प्रति १०० सवारी साधन (पीपी १००) मा औसत समस्या १८० पीपी १०० थियो भने ईभीमा २२६ पीपी १०० देखियो । यसैगरी, ईभी प्रयोगकर्ताले कारमा उपलब्ध फिचरका वारेमा समेत गुनासो ब्यक्त गरेका छन् ।

उनीहरुले टेक्नोलोजिका नाममा दिइएका कतिपय फिचर प्रयोगमै नआउने समेत बताए । साथै, कारको ड्राइभिङ एसिस्टेन्स प्रणालीबाट झूटा वा अनावश्यक चेतावनीहरूबाट दिक्क बनेको समेत रिपोर्ट गरे । निराशाको अर्को क्षेत्र इन्फोटेनमेन्ट प्रणाली थियो । ग्राहकहरूले एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग धेरै कनेक्टिभिटी समस्याहरू रहेको बताए ।

सम्बन्धित समाचारहरू

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण...

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

काठमाडौं – ईभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ ।...

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

काठमाडौँ । इटालियन ब्राण्डको इकोविट कम्पनीले विद्युतीय स्कुटरका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...