नयाँ संरचनामा दाङमा खुल्यो जेसीबीको विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय

काठमाडौं – नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस प्रालिले दाङ जिल्लाको घोराही रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय स्थापना गरी कार्य शुभारम्भ गरेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्वयसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एमएडब्लु अर्थमुर्भस प्रालिका ईडी एवं सीईओ सञ्जिप पाहुजा र सेल्स हेड सुर्य प्रसाद ओझाले शाखा कार्यालयवाट ग्राहकहरुको चाहना एवं विश्वसनियताको लागि सम्पूर्ण मेशिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने बताए ।

नेपालको नम्बर १ ब्रान्ड दाबी गर्ने जेसीबीका एस्काभेटर, ब्याकहो, कम्प्याक्टर, टेलिह्यान्डलर, ह्व्लिड लोडर तथा जेनेरेटर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास रहिआएको कम्पनीको भनाइ छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।’

सम्बन्धित समाचारहरू

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ ।...

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा...

नेपाली बजारमा पहिले नै उपलब्ध जिप ग्रान्ड चेरोकी अब नोभेम्बरमा भारतमा लन्च हुने

नेपाली बजारमा पहिले नै उपलब्ध जिप ग्रान्ड चेरोकी अब नोभेम्बरमा भारतमा लन्च हुने

जिपले पाँचौं जेनेरेशन ग्राण्ड चेरोकीलाई नयाँ अवतारमा भारतमा लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...