बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौ–निर्माण उपकरण उत्पादनमा विश्व बजारको अग्रणी ब्राण्ड जेसीबीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्ससंगको सहकार्यमा कम्पनीले ट्रयाक गरिएका केहि एक्साभेटरमा ५ वर्ष अर्थात १ लाख घण्टाको वारेन्टी योजना दिएर आफ्नो उपस्थितीलाई थप बलियो बनाउने योजना बनाएको हो ।
एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । काठमाडौंमा केन्द्रिय कार्यलयसहित एमएडब्लुको नेपालभर ३२ वटा शाखा कार्यालय र तीन वटा अपरेटर प्रशिक्षण केन्द्र छन् । चितवनमा समेत छिट्टै अर्को अपरेटर ट्रेनिङ सेन्टर संचालनमा ल्याउन लागेको कम्पनीले युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिँदै आएको छ ।
नेपाल भ्रमणमा आएका जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले नेपाल जेसिबीका लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार रहेको बताए । उनले भने, ‘हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ । हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।’
नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरु संचालनमा रहेको कम्पनीले जनाएको छ । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलि ह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकलाई सेवा दिँइदै आएको छ ।
जेसीबीका उपकरणहरुमा जेसीबी लाईभ लिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ ।
नेपाली युवा जनशक्तिलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै गर्व लाग्ने गरेको एमएडब्लू ग्रुपका चेयरम्यान विष्णु अग्रवालले बताए । ‘एमएडब्लूले हाल ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीन वटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा लगानी गरेको छ । यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकलाई जेसीबी मेसिन कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ । हालसम्म हामीले झण्डै ५ हजार चालकलाई तालिम प्रदान गरिसकेका छौ’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...