हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको ‘टेक्निकल ट्रेनिङ’ सम्पन्न

काठमाडौं – जेसीबी नेपाल र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको सहकार्यमा एकदिने 'प्रोडक्ट टेक्निकल ट्रेनिङ' सम्पन्न भएको छ । चैत १० गते सानोठिमी भक्तपुरमा अयोजना गरिएको सो कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ३५ भन्दा बढी हेभी इक्विपमेन्ट मेकानिक व्यवसायीको सहभागिता रहेको थियो ।

हेभी इक्विपमेन्टका क्षेत्रमा विकास भएको पछिल्लो प्रविधिका वारेमा मेकानिक्सलाई ट्रेनिङ प्रदान गरिएको संघका अध्यक्ष नेत्र बहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ इक्विपमेन्टमा प्रयोग भएको हाइड्रोलिक र इलेक्ट्रिकल विषयमा केन्द्रित रहेर ट्रेनिङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुन दाङ, बुटवल, नेपालगन्ज, नारायणघाट, वर्दिवास र इटहरीबाट मेकानिक्सहरु आएका थिए ।

मेकानिक्सहरुको क्षमता अभिवृद्धि गर्न संघले यसअघि पनि विभिन्न हेभी इक्विपमेन्ट बिक्रेताहरुसँग सहकार्य गरी तालिम आयोजना गर्दै आएको अध्यक्ष अधिकारीले वताए । ‘बजारमा आएका नयाँ मेसिनमा उपलब्ध प्रविधिका बारेमा मेकानिक्सलाई जानकारी दिन यसप्रकारको ट्रेनिङले निकै ठूलो सहयोग पुर्याउँदै आएको छ । आगामी दिनमा पनि सवै हेभी इक्विपमेन्ट बिक्रेतालाई ट्रेनिङ आयोजना गर्न आह्वान गर्दछु’ उनले भने ।

सम्बन्धित समाचारहरू

यसरी भइरहेको छ सवारीसाधनको फिटनेस टेष्ट

यसरी भइरहेको छ सवारीसाधनको फिटनेस टेष्ट

काठमाडौं – सवारी साधनको फिटनेट परीक्षण गर्नका लागि काठमाडौंको टेकुस्थित...

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

कारको स्पार्क प्लग समयमै फेर्दा फाइदा के ? कस्तो अवस्थामा फेर्नुपर्छ ?

कारको स्पार्क प्लग समयमै फेर्दा फाइदा के ? कस्तो अवस्थामा फेर्नुपर्छ ?

स्पार्क प्लगले इन्जिनमा हावा–ईन्धन मिश्रणलाई प्रज्वलित गरी गाडीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...