शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर-कुर्था खण्डमा चल्नेछ । नेपाल र भारत दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार उद्घाटन गरेपछि जयनगर-जनकपुर-कुर्था खण्डमा करिब ८ वर्षपछि रेलसेवा सुरु हुन लागेको हो ।

शनिबार भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा हल्लाएपछि जयनगरबाट नेपाली रेल धनुषाको कुर्थाका लागि प्रस्थान गरेको थियो । 

भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिबासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्नेर्छ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । जनकपुर–जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी बोगीमा भने जनकपुर-जयनगर ३ सय ५० र कुर्था-जयनगर ४ सय ५० रुपैयाँ भाडा तय गरिएको छ । रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् ।

पहिलो चरणमा ५९ नेपाली कर्मचारी राखिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । सञ्चालनको टुंगो नलाग्दा लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।

एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता भएको रेलमार्फत दैनिक ५ हजार यात्रु जनकपुर आउजाउ गर्नेछन् । रेलमा मालसामान ढुवानी गर्ने सुविधा भने छैन । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले यात्रीसँगै मालसामान ढुवानी गर्ने बोगीसमेत थप्न माग गरे ।

१९९४ सालमा महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो । २०५९ को बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि-जयनगर (२९ किलोमिटर) मा खुम्चिएको थियो ।

न्यारोगेजमा यही रूटमा चलिरहेको पुरानो रेल बन्द भएपछि भारतको सहयोगमा ब्रोडगेज लिक निर्माण भएको थियो । त्यही लिकमा चलाउन नेपाल सरकारले दुई सेट डेमु रेल खरिद गरेको थियो । 

सम्बन्धित समाचारहरू

१६ सय ट्राफिक प्रहरीद्वारा सिठ्ठीको भरमा १७ लाख सवारी साधनको व्यवस्थापन

१६ सय ट्राफिक प्रहरीद्वारा सिठ्ठीको भरमा १७ लाख सवारी साधनको व्यवस्थापन

काठमाडौं – काठमाडौंका १७ लाख सवारी साधनको व्यवस्थापन हातको र सिठ्ठीको...

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ...

लामो दूरीको यातायातमा असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

लामो दूरीको यातायातमा असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...