भोलीदेखी जावा मोटरसाइकलको विन्टर सर्भिस क्याम्प, यस्तो छ छुट र सुविधा

जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अग्नी मोटो इंक प्रालिले भोलीदेखी विन्टर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । ३ दिनसम्म चल्ने सो क्याम्प सामाखुसीस्थित सर्भिस सेन्टरमा अयोजना हुन लागेको हो ।

क्याम्पमा मोटरसाइकलको सर्भिसिङ गराउँदा लाग्ने लेवर चार्जलाई निशुल्क गरिएको छ भने स्पेयर पार्ट्स, एसेसोरिज र इन्जिन आयलमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । यसैगरी हरेक दिन तीन जना भाग्यशाली विजेतालाई लक्कि ड्र मार्फत आकर्षक उपहार दिइने व्यवस्था मिलाइएको छ ।

सो क्यामपमा जावा मोटरसाइकल प्रयोग गर्ने ग्राहकले आफ्नो वाइकको एफआई र डिटिसी स्क्यान निशुल्क गराउन सक्नेछन् । क्याम्प भिजिट गर्ने हरेक ग्राहकले सर्भिस डिस्काउन्ट कुपनको साथै लक्कि ड्र मार्फत अन्य धेरै कुपन समेत प्राप्त गर्न सक्ने कम्पनीले वताएको छ ।

क्याम्प स्थलबाट जावाको राइडिङ ज्याकेट र हेल्मेट खरिद गर्दा ग्राहकले आकर्षक छुट पाउने छन् भने स्प्रे किटमा २२ प्रतिशत छुटको व्यावस्था समेत मिलाइएको छ । क्याम्प माघ १९ गतेसम्म संचालन हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...