शुक्रबार जावा राइड हुने, राइडमा २५ जना राइडर सहभागी हुँदै

काठमाडौं – जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अग्नि मोटो इंक प्रालिले यही शुक्रबार जावा राइड आयोजना गर्ने भएको छ । राइडमा २५ जना राइडर सहभागी हुने बताइएको छ ।

जावा शोरुम लाजिम्पाटबाट शुरु हुने उक्त राइडमा सहभागी हुन राइडरसँग अनिबार्य जावा मोटरसाइकल हुनुपर्नेछ ।

काठमाडांैको लजिम्पाटस्थित शोरुमबाट शुरु हुने उक्त राइड मुलकोट हुँदै सिन्धुलीसम्म पुग्नेछ । एकरात सिन्धुलीमा बिताएर राइडरहरु शनिबार काठमाडौं फर्किने कम्पनी स्रोतको भनाइ छ ।

राइडमा सहभागी हुन राइडरहरुले आफ्नो नाम दर्ता गर्नुपर्नेछ । यसरी नाम दर्ता गरेपछि राइडमा लाग्ने एकोमोडेसन लगायत सम्पूर्ण खर्च कम्पनी आफैले बेहोर्नेछ ।

यसअघि डे आउट राइड अयोजना गरेको जावाले यस प्रकारको राइडलाई भने नेपालमा पहिलोपटक आयोजना गर्न लागेको हो । यसप्रकारको राइड अयोजना गर्दा राइडर र कम्पनीबीचको सम्वन्ध प्रगाढ बन्ने र राइडरलाई समेत फरक किसिमको अनुभूति मिल्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा केयर फेस्ट–२०२५ सुरु, यस्तो छ सुबिधा

महिन्द्रा केयर फेस्ट–२०२५ सुरु, यस्तो छ सुबिधा

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले भारतीय बजारमा आज दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । यसको लागि...

महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना हुँदै, स्पेयर पार्ट्समा ६० प्रतिशतसम्म छुट

महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना हुँदै, स्पेयर पार्ट्समा ६० प्रतिशतसम्म छुट

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...