बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा पनि जावा पेराक बाइक भित्रिने भएको छ । नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले सो बाइक छिट्टै नै नेपाल भित्र्याउने तयारी गरिएको बुझिएको छ ।
यसको मूल्य ७ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । यो मार्च महिना भित्रै नेपाली बजारमा सो बाइक भित्र्याउने तयारीका भइरहेको छ ।
जावा पेराक एक बबर स्टाइल बाइक हो । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।
नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् ।
दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबीएस भेरिएन्टमा उपलब्ध छन् ।
नेपाली बजारमा विशेष गरी रोयल इन्फिल्डका बाइकसँग यो ब्रान्डको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् । यी बाइकमा भएका डीओएचसी इन्जिनले २७ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।
जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार र ड्युअल च्यानल एबएिसको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...