जावा पेराकको औपचारिक बिक्री नेपालमा प्रारम्भ, मूल्य ७ लाख ५० हजार

काठमाडौं – नेपाली बजारमा जावाको नयाँ बाइक पेराक भित्रिएको छ । आज एक कार्यक्रमका बीच सो बाइक सार्वजनिक गरिएको छ । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा पेराक बाइक भित्र्याएको हो । जावा पेराक एक बबर स्टाइल बाइक हो । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् । 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...