जावा मोटरसाइकलको शोरूम नेपालगन्जमा शुभारम्भ

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको शोरूम शुभारम्भ गरेको छ ।

अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटन गर्दै नेपालगन्ज र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर शोरुम स्थापना गरिएको बताए ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् । त्यसैगरी नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

नेपाली बजारमा अग्नि मोटो इंकमार्फत जावाका मोटरसाइकल विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध छ ।

नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल सेगमेन्टलाई पुनः परिभाषित गरिदिएको बताएको छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बन्यो भारतमा सबैभन्दा धेरै बिक्रि हुने इलेक्ट्रिक थ्री ह्विलर ब्रान्ड

महिन्द्रा बन्यो भारतमा सबैभन्दा धेरै बिक्रि हुने इलेक्ट्रिक थ्री ह्विलर ब्रान्ड

महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा लास्ट माइल मोबिलिटी...

चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा

चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा

काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...