महिन्द्रा एक्सयूभी ७एक्सओको टिजर सार्वजनिक, जनवरी ५ मा लन्च हुने
महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७एक्सओको अर्को टिजर सार्वजनिक...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले आफ्नो दुई नयाँ डिलरहरु तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालिलाई संचालनमा ल्याएको छ ।
विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ्ग र धनगढीमा समेत नयाँ डिलर नियुक्त भएको हो ।
जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालिको संचालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी विशिष्ट शोरुमहरुबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ ।
यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाइलिस जावा मोटरसाइकलले संचालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाइने पनि बताइएको छ ।
कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्ने छन् ।
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।
महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७एक्सओको अर्को टिजर सार्वजनिक...
महिन्द्राले आफ्नो पहिलो ईभी एक्सयुभी–४०० मा नयाँ फिचर थप गरेको छ । सो ईभीको...
चितवन– महिन्द्रा गाडीको नेपालका लागी आधिकारिक बिक्रेता अग्न्नी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...