बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा जावा बाइक प्रवेश गरेको छ । आज एक कार्यक्रमका बीच सो बाइकको बिक्री प्रारम्भ भएको घोषणा गरिएको छ । भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको एक कार्यक्रमका बीच जावा बाइकको आधिकारिक वितरक अग्नि मोटो इंकले बाइकको मूल्य समेत सार्वजनिक गरेको छ ।
जावाका दुई मोडल र चार भेरिएन्टका बाइक नेपाली बजारमा उपलब्ध हुने छन् । जावा ४२ र जावा क्लासिकका सिंगल च्यानल र ड्युअल च्यानल एबीएस भेरिएन्ट नेपाली बजारमा उपलब्ध भएका छन् ।
जावा ४२ सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार र ड्युअल च्यानल एबएिसको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् । यी बाइकमा भएका डीओएचसी इन्जिनले २७ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।
भारतमा क्लासिक लिजेन्ड्सले यी बाइक उत्पादन गर्छ । क्लासिक लिजेन्ड्स प्रालि एक भारतीय कम्पनी हो जुन बजारमा आइकनिक मर्की मोटरसाइकल ब्रान्ड पुनः प्रस्तुतिका लागि स्थापना गरिएको हो ।
नेपाली बजारमा विशेष गरी रोयल इन्फिल्डका बाइकसँग यो ब्रान्डको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...