जावा ४२ स्पोर्ट्स स्ट्राइप नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार

काठमाडौं – नेपालमा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइप सार्वजनिक गरेको छ । चर्चित नेपाली गायक सुशान्त केसीले जावा मोटरसाइकलको उत्तरढोकास्थित सोरुममा बाइक अनावरण गर्नुका साथै प्रि–बुकिङ गरिएका बाइकहरु वितरण समेत गरे । सो बाइक अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध छ ।

सो अवसरमा गायक सुशान्त केसीले पहिले देखि नै आफूलाई जावा मोटरसाइकल मन पर्ने र विगत एक वर्ष देखि हरेक यात्राका लागि जावा पेराकलाई आत्मिय बनाएको बताए । उनले नेपालमा जावा बाइकको कलेक्सनमा जावा ४२ स्पोर्ट्स स्ट्राइप समेत थपिएकोमा एकदमै हर्षित भएको बताउदै यसको सफलताको कामना समेत गरे ।

अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले विगत दुई वर्ष यता जावा बाइकको बिक्री–वितरणमा सक्रिय भइरहेको र सदैव सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । उनले आगामी दिनमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त भएको बताए ।

जावा ४२ स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन् । यसमा भएको २९३ सीसी बीएस६ लिक्विडकुल्ड फ्युल इन्जेक्टेड इन्जिनले २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यो पहिलो क्रसपोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भेल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

यसमा भएको सानो भन्दा सानो इन्पुटहरुलाई पनि राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तिखो बनाइएको छ । त्यसैगरी १३ स्पोक अलोय ह्विवले सो मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनिय रुपमा प्रस्तुत गरेको हुनाले मोटरसाइकल प्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको कम्पनीको भनाइ छ ।

जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङ साथ पुनः इन्जिनियर गरिएको छ । साथै रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्विन एक्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छिटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ ।

७ लाख ५८ हजार रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकल जावाका नेपालभर रहेका सोरुममार्फत खरिद गर्न सकिन्छ । जावा चेक गणतन्त्रको ९० वर्षको विरासत बोकेको मोटरसाइकल ब्रान्ड हो, जुन विश्वका १२० भन्दा बढी देशहरुमा निर्यात हुने गरेको छ ।

सम्बन्धित समाचारहरू

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...