बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जावाले ४२ बबरको नयाँ भेरियन्ट ‘रेड शीन’ लन्च गरेको छ । स्ट्यान्डर्ड बाइकको तुलनामा केही कस्मेटिक परिवर्तन गरिएको उक्त मोटरसाइकलको मूल्य २ लाख २९ हजार ५०० भारु निर्धारण गरिएको छ ।
सो नयाँ भेरिएन्टमा रातो स्ट्राइप र डायमण्ड कट एलोय ह्वीलसहितको क्रोम फ्युल ट्यांक दिइएको छ । बाइकमा टु–स्टेप एडजस्टेबल सिट, यूएसबी चार्जिङ पोर्ट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र एलईडी लाइटिङ उपलब्ध छ ।
मोटरसाइकलमा जडान गरिएको ३३४ सीसी लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिनले २९.५ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिप क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ७–स्टेप प्रि–लोड एडजस्टेबल रियर मोनो–शक जडान गरिएको छ । नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको यो ब्रँण्डसंग हाल क्लासिक, पेराक र ४२ मोडल उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...