कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...
जावाले नयाँ बाइक जावा ४२ बबर बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको प्रारम्भिक एक्स शोरुम मूल्य २ लाख ६ हजार भारु तोकिएको छ । यसमा बाक्लो र चौडा टायर दिइएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरेको छ ।
जावा ४२ बबरमा २९३ सीसी सिंगल सिलिन्डर इन्जिन जोडिएको छ, जसले २७ बीएचपीको पावर र २७.०५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यस बाइकलाई बबर लुक दिन फेन्डरलाई फरक लुक दिइएको छ । क्लासिक लिजेन्ड्सका सीईओ आशिष जोशीले युवाहरुलाई जावा ४२ बबरमा आधुनिक रेट्रो बाइकको अनुभव दिने प्रयास गरेको जानकारी दिएका छन् ।
जावा ४२ बबरको पछाडि सामान राख्न सानो लगेज ¥याक, नयाँ लुक, हेडलाइट र इन्स्ट्रयुमेन्ट दिइएको छ । साथै राइडिङको लागि यसमा एबीएस क्यालिब्रेसनमा पनि सुधार गरिएको छ । जावा ४२ बबरमा एलसीडी डिस्प्लेको साथमा चारैतिर एलईडी लाइटिङ दिइएको छ । यसको टेलल्याम्प जावा पेराकमा भन्दा फरक डिजाइन गरिएको छ ।
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...
महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली...
कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...