जावा ४२ २.१ को खुल्यो बुकिङ, १५ हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – नेपाली बजारमा जावाको नयाँ मोटरसाइकल जावा ४२ २.१ बीएस६ भर्सनको बुकिङ खुला गरिएको छ । नेपालका लागि जावाको आधिकारिक वितरक अग्नि मोटो इंकले सो मोटरसाइकलको बुकिङ खुला गरेको छ ।

१५ हजार रुपैयाँ तिरेर जावाको सोरुममार्फत यसको बुकिङ गर्न सकिने छ । बुकिङ गर्ने ग्राहकलाई राइडिङ ज्याकेट समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा जावा ४२ बीएस६ सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस पहिले देखि नै उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य क्रमशः ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तोकिएको छ । अब उपलब्ध हुने जावा ४२ २.१ को मूल्य ७ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।

जावाका मोटरसाइकलमा क्रोम टच उपलब्ध भएकोमा अब यसमा भने ब्ल्याक्ड–आउट फिनिसिङ उपलब्ध गराइएको छ । त्यसैगरी यसमा आइकनिक ४२ ब्याजिङका साथ क्लासिक स्पोर्ट्स स्टाइलिङ दिइएको छ । यसको एक्जस्ट पाइप, इन्जिन र सस्पेन्सन सेटअपमा म्याट ब्ल्याक फिनिस दिइएको छ । यसको कोर डिजाइनमा भने कुनै परिवर्तन गरिएको छैन ।

यद्यपि यो मोटरसाइकल उही राउन्डेड हेडल्याम्प, सिंगल पिस ह्यान्डल बार र अफसेट एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट मिटर सहित उपलब्ध छ ।

यसको फ्रन्ट हेडल्याम्पलाई एक्स आकारको ब्ल्याक ग्रिल तथा ब्ल्याक भाइजरले अझै स्पोर्टी बनाएको छ । त्यसैगरी स्पोक ह्विललाई ट्युबलेस टायरले परिमार्जन गरेको छ भने सिट पनि पहिले भन्दा थप कुशनयुक्त बनेको छ ।

यो मोटरसाइकलमा भएको २९३ सीसी इन्जिनले २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यो ६–स्पिड ट्रान्समिसनमा जोडिएको छ भने १३ लिटरको इन्धन ट्यांकी छ ।

ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस भएको यो मोटरसाइकल रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलरमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा यो मोटरसाइकलले रोयल इन्फिल्ड मेटियर र होन्डा सीबी३५० आरएससँग प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?

‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?

डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा...

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे  एक्सयुभी ७०० मा सवार चालक र यात्रु

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे एक्सयुभी ७०० मा सवार चालक र यात्रु

भारतको राजस्थानमा निम्तिएको एक भयानक दुर्घटनामा महिन्द्रा एक्सयुभी ७००...

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...