जगदम्बा मोटर्सले नेपाल ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

काठमाडौँ–नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला मलेसियन ब्रान्ड प्रोटोनको नयाँ गाडी नेपाल भित्रिने भएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको हो ।

यो गाडी आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो ।

विशेष रूपमा रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ ।

यी विशेषताहरूले गर्दा व्यस्त सहरी सडक, राजमार्गदेखि नेपालको पहाडी बाटो ओरालो–उकालोमा समेत सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको विश्वास छ । यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई समान प्राथमिकता दिएको छ ।

नेपालका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक तथा शंकर ग्रुप अन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै आएको छ । अन्तर्राष्ट्रियस्तरमा स्थापित सवारीसाधनको बढ्दो पोर्टफोलियो, देशव्यापी बिक्री तथा सेवा सञ्जाल, ग्राहककेन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानीमार्फत कम्पनीले नेपाली ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रोटोन ई मास५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने जगदम्बा मोटर्सको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

ईभी पारखीहरूका लागि प्रतिक्षित बनेको यस गाडीको विस्तृत प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका सम्पूर्ण जानकारी आगामी केही साताभित्रै सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

के जमाना ईभीकै आएको हो त ? स्कोडाको ईभीले जित्यो सेकेन्ड ह्यान्ड कार अवार्ड

के जमाना ईभीकै आएको हो त ? स्कोडाको ईभीले जित्यो सेकेन्ड ह्यान्ड कार अवार्ड

यदि तपाईं पुरानो कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने, यो समय विद्युतीय...

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट...

चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...