टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा पोखरामा ‘नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ प्रारम्भ भएको छ । सो अवसरमा अन्य गाडीहरुका अतिरिक्त हालै नेपाल भित्रिएको नयाँ अफरोड ईभी जेइको जे६टी समेत सार्वजनिक गरिएको छ ।
नेपालमा ओमोडा जेइको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स अन्तर्गत पोखराको डिलर एलिट मोटर्सले सो गाडी सार्वजनिक गरेको हो ।
यस अघि जेइको जे६ गाडी नेपालमा सफल बने पश्चात अझ शक्तिशाली र रग्ड डिजाइनका साथ जेइको जे६टी उपलब्ध भएको हो । यसको अधिकतम बिक्री मूल्य ६८ लाख ९९ हजार भए पनि सीमित अवधिका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने छ ।
अलरोडर जेइको जे६टीमा रियर–माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (एलएफपी) सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले ४३१ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४,४३३ एमएम लम्बाई, १,९१६ एमएम चौडाई, १,७४१ एमएम उचाई तथा २,७१५ एमएम ह्विलबेसमा उपलब्ध छ। गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२–इन्च इन्स्ट्रयुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यसअघि जेइको जे६ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेइको जे६टी मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जेइको जे६टी को सफल आधारलाई थप मजबुत बनाउँदै जे६टी ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।
नयाँ जेइको जे६टी अहिले वाडा अटो शोमा प्रदर्शनीका लागि र पोखरास्थित एलिट मोटर्सको शोरुममा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ। दिगो विद्युतीय शक्ति र अफरोड क्षमताको खोजीमा रहेका एसयूभी प्रेमीहरूका लागि यो उत्कृष्ट रोजाइ हुने कम्पनीको दावी छ ।
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडौं– एमजी (मोरिस गराजेज) को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...