नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार
चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...
काठमाडौं - नेपालका लागि ओमोडा एण्ड जेइकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय गाडी ‘जेइको जे६टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ ।
कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ ।
यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’ कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएमबाट बढाएर २२५ एमएम पु-याइएको छ, जसले नेपाली सडक र अफरोड दुबै अवस्थालाई लक्षित गरेको देखिन्छ । एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ ।
गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् । एलईडी लाइट, १९ इन्च ह्विल, पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्च इन्फोटेन्मेन्ट स्क्रिन, ९.२ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा छन्। साथै ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल र पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि दिइएको छ।
यसअघि बजारमा आएको जेइको जे६ को सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे ६टी ल्याएको हो ।
सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । हाल यो गाडी देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...
चिनियाँ अटो निर्माता एक्सपेङले आफ्नो वहुप्रतिक्षित उड्ने कार कारको...
विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...