जीएसी एवोन वाईको मूल्य अब ५८ लाख ५० हजार, एकै पटक पढ्यो ३ लाख ५१ हजार

काठमाडौं–सिजी मोटर्सले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार जीएसी एवोन–वाई ३ लाख ५१ हजारले महंगो भएको छ । गत फागुन १ गते औपचारिक लन्च हुदा कारको मूल्य ५४ लाख ९९ हजार रुपैँया निर्धारण गरिएको थियो । तर, लन्च भएको तीन महिना पनि तवित्दै अहिले मूल्य बढेर ५८ लाख ५० हजार पुगेको हो । मूल्य बढ्न लागेको विषयमा कम्पनीले केही समय अघि नै जानकारी गराएको थियो ।

यो नयाँ कारमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ ।

कारको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...