बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान
FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट...
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको ‘नेसनल रोड सेफ्टी काउन्सिल नेपाल’ को आयोजना, नासा नेपालको संयोजन तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यही फागुन ४ गते इटहरीमा सम्पन्न भएको छ ।
प्रदेश एकका पेशागत, व्यावसायिक तथा सामाजिक क्षेत्रका १३० बढीको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागि विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।
प्रतिनिधिसभा सदस्य तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराईले नीति, राजनीति र वर्तमान सरकारले गर्नुपर्ने कार्यको बारेमा आफ्नो धारणा राखे भने प्रदेश १ का सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले प्रदेश सरकारले सडक र यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसनका सदस्य गोबिन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डाका बारेमा, नेपाल इन्टरमोडल ट्रान्सर्पोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले दिगो सडक र सुरक्षित यातायातमा पेशागत समुदायको भूमिकाको बारेमा प्रस्तुति गरे भने रोड सेफटी काउन्सिलका इन्जिनियर आयुश श्रेष्ठले रोड सेफ्टी काउन्सिलको कार्ययोजनाको बारेमा प्रकाश पारे ।
यसैगरी प्रदेश सभा सदस्य मिना श्रेष्ठले प्रदेश सभामा उठाउने विषयहरुको बारेमा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम महतोले प्रदेश १ को सडक र यातायातको अवस्थाको बारेमा प्रकाश पारे भने रेडक्रस सोसाइटी सुनसरीका डम्मर सिग्देलले दुर्घटना पछिको आपतकालिन उद्दारको बारेमा प्रकाश पारे ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु, पालिकाका प्रतिनिधिहरु, इन्जिनियरिङ्ग, मेडिकल तथा यातायात क्षेत्रका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, स्कुल तथा कलेजका संचालकहरु, सामाजिक अभियन्ता, सडक प्रयोगकर्ता र दुर्घटनापीडित परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा यस विषयमा प्रदेश तहमा कार्य गर्ने गरी ९ सदस्यीय कार्यसमूह गठन गर्दै देहायअनुसारको इटहरी घोषणापत्र जारी गरियो ।
इटहरी उपमहानगरपालिकाको सहयोग र हेल्पिङ्ग हेण्ड्स इटहरीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट...
चितवनमा महिला मोटर र्याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोबाइल्स...
आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...