दिगो सडक र सुरक्षित यातायातको लागि इटहरी घोषणा पत्र र कार्यसमूह

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको ‘नेसनल रोड सेफ्टी काउन्सिल नेपाल’ को आयोजना, नासा नेपालको संयोजन तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यही फागुन ४ गते इटहरीमा सम्पन्न भएको छ ।

प्रदेश एकका पेशागत, व्यावसायिक तथा सामाजिक क्षेत्रका १३० बढीको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागि विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।

प्रतिनिधिसभा सदस्य तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराईले नीति, राजनीति र वर्तमान सरकारले गर्नुपर्ने कार्यको बारेमा आफ्नो धारणा राखे भने प्रदेश १ का सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले प्रदेश सरकारले सडक र यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसनका सदस्य गोबिन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डाका बारेमा, नेपाल इन्टरमोडल ट्रान्सर्पोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले दिगो सडक र सुरक्षित यातायातमा पेशागत समुदायको भूमिकाको बारेमा प्रस्तुति गरे भने रोड सेफटी काउन्सिलका इन्जिनियर आयुश श्रेष्ठले रोड सेफ्टी काउन्सिलको कार्ययोजनाको बारेमा प्रकाश पारे ।

यसैगरी प्रदेश सभा सदस्य मिना श्रेष्ठले प्रदेश सभामा उठाउने विषयहरुको बारेमा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम महतोले प्रदेश १ को सडक र यातायातको अवस्थाको बारेमा प्रकाश पारे भने रेडक्रस सोसाइटी सुनसरीका डम्मर सिग्देलले दुर्घटना पछिको आपतकालिन उद्दारको बारेमा प्रकाश पारे ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु, पालिकाका प्रतिनिधिहरु, इन्जिनियरिङ्ग, मेडिकल तथा यातायात क्षेत्रका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, स्कुल तथा कलेजका संचालकहरु, सामाजिक अभियन्ता, सडक प्रयोगकर्ता र दुर्घटनापीडित परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा यस विषयमा प्रदेश तहमा कार्य गर्ने गरी ९ सदस्यीय कार्यसमूह गठन गर्दै देहायअनुसारको इटहरी घोषणापत्र जारी गरियो ।

  • नेपाल सरकारले प्रतिवद्दता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेश एकको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गरियो,
  • युवाहरुको अकाल मृत्युको मुख्य कारण बनिरहेको मोटरसाइकल दुर्घटनाको क्षति न्यूनीकरण गर्न गुणस्तरीय हेल्मेट चालक तथा पछाडि बस्नेले पनि लगाउने व्यवस्था कार्यन्वयन हुनु पर्ने,
  • नागरिक तथा पेशागत समूदाय, उपभोक्ता तथा विज्ञहरु समेतको सहभागितामा प्रदेश स्तरिय रोड सेफ्टी काउन्सिल गठन गर्नुपर्ने,
  • पालिका तह र प्रदेश सकरकारबाट सडक पूर्वाधार र सुरक्षित यातायातमा पर्याप्त बजेट छुट्याइनु पर्ने,
  • प्रदेश एकका ड्राइभिङ्ग स्कूलको स्तरोन्नति र हेभी ड्राइभिङ्ग स्कुलमा सरकारको आवश्यक नीति तथा बजेटको व्यवस्था हुँदा मात्र दक्ष चालक तयार भई दुर्घटना न्यूनीकरण, प्राविधिक जनशक्ति मार्फत थप रोजगारीको सृजना हुनेमा सहभागीको ठहर गरियो,
  • स्टार रेटिङ्ग रोड, स्टार रेटिङ्ग भेइकल र स्टार रेटिङ्ग स्कुलको लागि पेशागत समुदायले समेत सरकारसँग सहकार्य गर्नुपर्ने,
  • प्रदेशका अधिकांश शहरहरुमा अटोल्याण्डको व्यवस्था गरी र बसको बडीको गुणस्तरयितामा ध्यान दिदा मात्र भेइकल सेफ्टीमा प्रत्यक्ष योगदान पुग्नेमा सम्पूर्ण सहभागीहरु सहमत भइयो,
  • यातायात क्षेत्रका श्रमिकहरुलाई रोजगारी, वृत्तिविकास, सामाजिक र आर्थिक सुरक्षा तथा बिमा लगायतले ध्यान दिनुपर्ने,
  • दुर्घटनाका घाइतेका उद्दार, उपचार र पुनस्र्थापनका लागि रणनीतिक योजना बनाउनु पर्ने ठहर गरियो,
  • साइकल लेन, फुटपाथ, तथा ह्विचियर युजर लगायत सबैखाले यात्रुको सुरक्षित र भयरहित यात्राको लागि पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने,
  • सार्वजनिक यातायातको व्यवस्थापन, गुणस्तरियता र सुरक्षामा ध्यान दिइयोस् जसले समग्र मोबिलिटी सिस्टमलाई मद्दत पु¥याउनेछ ।
  • प्रदेश एकको कुनै एक नगरक्षेत्रमा Intelligent Transport System को अध्ययन गर्नु पर्ने,
  • विद्यालय तहबाटै सडक सुरक्षाको तालिम तथा कोर्षलाई सच्चालन गर्न प्रतिबद्दता व्यक्त गरियो ।
  • प्रदेशको दिगो पर्यटनको लागि दिगो सडक र सुरक्षित यातायात बनाउनु पर्नेमा सम्पूर्ण सहभागीको समान धारणा रहयो ।

इटहरी उपमहानगरपालिकाको सहयोग र हेल्पिङ्ग हेण्ड्स इटहरीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरू

सिंगापुर ग्रांपीको रोमाञ्चकतामा रमाउदै नेपाली मोटर स्पोर्ट्स प्रेमीहरु

सिंगापुर ग्रांपीको रोमाञ्चकतामा रमाउदै नेपाली मोटर स्पोर्ट्स प्रेमीहरु

सिंगापुर ग्रान्ड प्रिक्स अर्थात छोटकरीमा सिंगापुर ग्रांपी आगामी आइतबार...

पावर टु पावर स्टेयरिङमा वर्षा बस्नेत विजयी

पावर टु पावर स्टेयरिङमा वर्षा बस्नेत विजयी

काठमाडौं – हिमालयन मोटरल्याण्डमा भर्खरै सम्पन्न एपावर टु पावर स्टेयरिङ...

फर्मुला वान इन स्कुल्सको लागि नेपाली टिम सिंगापुर जादै

फर्मुला वान इन स्कुल्सको लागि नेपाली टिम सिंगापुर जादै

काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...