बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – जापनिज गाडी निर्माता कम्पनी इसुजुको डी–म्याक्स सिंगल क्याब पिकअप खरिद गर्दा विभिन्न अफर प्राप्त गर्न सकिने भएको छ । इसुजुको काठमाडौंका लागि आधिकारिक डिलर टाइम्स मोटर्सले सो अफर उपलब्ध गराएको हो ।
इसुजुको सो अफरलाई ‘१ नम्बर गाडीको १ नम्बर अफर, सधै इसुजु सधै १ नम्बर’ भनिएको छ । यस अन्तर्गत इसुजु सिंगल क्याब पिकअप खरिद गर्दा १ लाख नगद छुट, १ वर्षको इन्स्योरेन्स र १ लाख बराबरको स्पेयर पार्ट्स उपलब्ध हुनेछ । याे अफर पिकअप सेग्मेन्टमा एकदम नै आकर्षक रहेकाे कम्पनीकाे दाबी छ। याे संगै अब यस पिकअपले अरु पिकअपकाे तुलनामा अझ धेरै बचत दिने छ।
उक्त सिंगल क्याब पिकअप ९ प्रतिशत फाइनान्स सुविधामा समेत उपलब्ध हुनेछ र यसका लागि ३ दिन भित्रै सबै व्यवस्था कम्पनीले गरिदिने बताइएको छ ।
इसुजु सिंगल क्याब पिकअप किन्दा अन्य ब्रान्डका पिकअपको तुलनामा वार्षिक रुपमा धेरै फाइदा हुने कम्पनीले दावी गरेको छ । इन्धन किफायतीपना, सस्तो सर्भिसिङ र पार्ट्स भएकाले वार्षिक रुपमा इन्धनबाट ७२ हजार, सवारी करबाट २५ हजार र मर्मत खर्चबाट १२ हजार रुपैयाँ बचाउन सकिने बताइएको छ ।
सो पिकअपको मूल्य २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसको तनाई पनि अन्य प्रतिस्पर्धि भन्दा २५ प्रतिशत बढी भएको कम्पनीको भनाइ छ । च्यासिस १.५ गुणा बढी बलियो छ । वेल्डिङ सबै कपरबाट गरिएको छ ।
इन्जिन र गियरबक्स सम्म तलबाट मेटलको सेफ्टी प्लेटिङ दिइएको छ । जसले गर्दा ढुंगा लागे वा अन्य कारणले च्याम्बर फुट्ने डर हुँदैन । ह्विलबेस राम्रो तरिकाले मिलाइएको कारणले सानो गल्लीमा पनि सजिलो तरिकाले आउन जान सक्छ ।
यसको ग्राउन्ड क्लियरेन्स २ सय २० एमएम छ, जुन अन्य भन्दा राम्रो मानिन्छ । एड्भान्स फिचरको रुपमा इन्टेरियर राम्रो, धुलो नछिर्ने तरिकाले गरिएको एयर कन्डिसनिङ, ८ इन्चको ब्लुटुथ टचस्क्रिन तथा रिभर्स गाइड क्यामेरा भएको ८ इन्चको म्युजिक सिष्टम जस्ता विशेषताले इसुजुको डी–म्याक्स पिकअप आफैमा गुणस्तरीय र सबैको रोजाइमा पर्ने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...