नेपाल आयो इसुजुको डबल क्याब पिकअप हाइल्यान्डर, मूल्य ५६ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा इसुजुको डबल क्याब पिकअप हाइल्यान्डर भित्रिएको छ । सो पिकअपमा २.५ लिटरको डिजेल इन्जिन छ, जसले १३४ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५–स्पिड गियरबक्स छ ।

सो पिकअपको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ भने टर्निङ रेडियस ६.३ मिटर छ । सो पिकअपको लम्बाई, चौडाई र उचाई क्रमशः ५२९५, १८६० र १७८० एमएम छ ।

इसुजुको पहिले देखि नै नेपाली बजारमा उपलब्ध डी–म्याक्स पिकअपमा जस्तै हाइल्यान्डरको डिजाइन ल्यांग्वेज छ । यसको अघिल्लो भागमा ह्यालोजन हेडल्याम्प, ग्रिल, बोनट र बम्पर छ । हेडलाइटसँगै फगलाइट हाउजिङ राखिएको छ ।

सो पिकअपमा टिल्ट स्टेयरिङ सिस्टम, चार स्पिकर, म्यानुअल एसी र फ्रन्ट तथा रियर हेडरेस्ट जस्ता सुविधाजनक फिचर छन् ।

सुरक्षाका लागि यसमा ईबीडी र बीए सहितको एबीएस, स्किड प्लेट, फ्रन्ट डिस्क ब्रेक, ड्युअल एयरब्याग तथा लोड लिमिटर सहितको सिटबेल्ट प्रि–टेन्सनर उपलब्ध छन् ।

यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...