एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई नाडा अटो शो विशेष मोडलका रुपम लन्च गरेका हौँ । अटो शोमा हामीले मोडल एचमा १ लाख ५५ हजार छुट दिएर १९ लाख ९५ हजार र एचईभी–३०० मा २ लाख ५५ हजार छुटसहित २५ लाख ९५ हजारमा कार बिक्री गर्ने योजना ल्याएका छौ ।

हामीले बिक्री गर्ने एच मोडलमा १७ किलोवाट आवर को ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर छ । यसले एकपटकको फुल चार्जमा २०० किलोमिटरसम्म रेन्ज दिन्छ । सानो कार भएपनि फिचरका हिसावले यो एकदमै राम्रो छ ।

यो सानो कारमा हिल होल्ड एसिस्ट, एविएस, एयरब्याग, स्टेरिङ कन्ट्रोल, ईबीडी जस्ता फिचर छन् । १६५ एमएमको ग्राउन्ड क्लिरियन्स छ भएको यो कारको टर्निङ रेडियस भने ४.५ मिटरभन्दा पनि कम छ । जसले गर्दा यसलाई साघुँरा सडकमा समेत सहजै चालउन सकिन्छ । सानो कार भएकाले पार्किङ स्पेस एकदमै कम लिन्छ ।

अर्को मोडल भोल्ट्सको एचईभी ३०० साइजका हिसावले ह्याचब्याक भएपनि यसको डिजाइन सेडानको जस्तो छ । यो नयाँ कारमा ३३ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फास्ट चार्जिङ सुबिधा समेत भएको यो कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिन्छ । ३५ किलोवाटको मोटर भएपनि यसको टर्क भने सेम्गेन्टकै बढी अर्थात १२५ एनएम छ । यसले ६० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ ।

एचईभी–३०० मा एउटा लक्जरी कारमा पाईने सबैजसो फिचर छ । कारमा हिल होल्ड एसिस्ट, पावर स्टेरिङ, हिटेड ओआरभिएम, डिफगर, टायर प्रेसर मोनिटरिङ सिस्टम, पावर विन्डो र एप फिचर पाउन सकिन्छ । यो कारलाई सिटी र इन्टर सिटी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १७५ एमएम छ ।

सम्बन्धित समाचारहरू

पुराना स्टकका इलेक्ट्रिक स्कुटरमा अफर : सतर्कता अपनाउन ग्राहकलाई ८ सुझाव

पुराना स्टकका इलेक्ट्रिक स्कुटरमा अफर : सतर्कता अपनाउन ग्राहकलाई ८ सुझाव

नेपालमा हाल पुराना स्टकका इलेक्ट्रिक स्कुटरहरूमा भारी छुट र आकर्षक अफर...

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...