एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई नाडा अटो शो विशेष मोडलका रुपम लन्च गरेका हौँ । अटो शोमा हामीले मोडल एचमा १ लाख ५५ हजार छुट दिएर १९ लाख ९५ हजार र एचईभी–३०० मा २ लाख ५५ हजार छुटसहित २५ लाख ९५ हजारमा कार बिक्री गर्ने योजना ल्याएका छौ ।

हामीले बिक्री गर्ने एच मोडलमा १७ किलोवाट आवर को ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर छ । यसले एकपटकको फुल चार्जमा २०० किलोमिटरसम्म रेन्ज दिन्छ । सानो कार भएपनि फिचरका हिसावले यो एकदमै राम्रो छ ।

यो सानो कारमा हिल होल्ड एसिस्ट, एविएस, एयरब्याग, स्टेरिङ कन्ट्रोल, ईबीडी जस्ता फिचर छन् । १६५ एमएमको ग्राउन्ड क्लिरियन्स छ भएको यो कारको टर्निङ रेडियस भने ४.५ मिटरभन्दा पनि कम छ । जसले गर्दा यसलाई साघुँरा सडकमा समेत सहजै चालउन सकिन्छ । सानो कार भएकाले पार्किङ स्पेस एकदमै कम लिन्छ ।

अर्को मोडल भोल्ट्सको एचईभी ३०० साइजका हिसावले ह्याचब्याक भएपनि यसको डिजाइन सेडानको जस्तो छ । यो नयाँ कारमा ३३ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फास्ट चार्जिङ सुबिधा समेत भएको यो कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिन्छ । ३५ किलोवाटको मोटर भएपनि यसको टर्क भने सेम्गेन्टकै बढी अर्थात १२५ एनएम छ । यसले ६० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ ।

एचईभी–३०० मा एउटा लक्जरी कारमा पाईने सबैजसो फिचर छ । कारमा हिल होल्ड एसिस्ट, पावर स्टेरिङ, हिटेड ओआरभिएम, डिफगर, टायर प्रेसर मोनिटरिङ सिस्टम, पावर विन्डो र एप फिचर पाउन सकिन्छ । यो कारलाई सिटी र इन्टर सिटी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १७५ एमएम छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...

यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर

यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको...

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...