अब राम्रो सर्भिस र चार्जिङ सुबिधा दिने ब्रान्डमात्र टिक्छ : ज्ञानेन्द्र चन्दको अन्तर्वार्ता

ओमोडा र जेको ब्रान्डमा दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

एकदमै राम्रो रेस्पोन्स पाइरहेका छौ । तीन महिना अघि लन्च भएको ओमोडा छोटो समयमै स्थापित भएको ब्रान्ड हो । हालसम्म ४ सय भन्दा बढी गाडी बिक्री गरिसकेका छौ । हालै यसको सस्तो भेरिएन्ट समेत लन्च गरका छौं । यसअघिको मोडलमा ३६० क्यामेरा र सनरुफ हटाएर जम्मा ५६ लाखमै यसलाई लन्च गरेका हौं । यसैगरी अटो शोबाट बिक्री सुरु गरेको जेको जे–६ नेपालको एकमात्र अफरोड एसयूभी भएका कारण यसमा पनि निकै राम्रो रेस्पोन्स पाएका छौ । यो एसयूभीको मूल्य पनि एकदमै आकर्षक छ ।

नयाँ ब्रान्ड जेको जे–६ नेपाली भू–बनोटका लागी कत्तिको उपयोगी छ ?

यहाँको माटो र भूगोल सुहाउँदो भएर नै हामीले जेको जे–६ लाई नेपाल ल्याएका हौ । नेपालको अधिकांश सडक अझैपनि अफरोड नै भएका कारण त्यस्ता सडकमा यो गाडी निकै उपयोगी हुनेछ । साथै पिच रोड र सिटीमा पनि चलाउन मिल्नेगरी यसको डिजाइन गरिएको छ ।

यो गाडीले बजार लिनेमा हामी एकदमै आशाबादी छौ । चेरीको उत्पादन भएका कारण प्रबिधीक रुपमा एकदमै बलियो र मजवुत छ । गुणस्तरमा कुनै शंका छैन । नेपालमा हामीले २ हजार किलोमिटर चलाएर हेर्दा पर्फमेन्स राम्रो पाएका छौ ।

ईभीका लागि आवश्यक पूर्बाधार र यसको भविष्यका विषयमा के भन्नुहुन्छ ?

ईभी सफल हुने या नहुने भन्ने कुरा सरकारको नितीमा भर पर्ने विषय हो । सरकारले ईभीमा सहुलियत दिएकै कारण अहिले बजार लिन सजिलो भएको हो । समयसमयमा परिवर्तन भैरहने अस्थिर नितीका कारण हालको सहुलियत कति समयसम्म लागु हुन्छ भन्नेमा चाँही व्यवसायी ढुक्क हुनसक्ने अबस्था छैन । यदि यो षिययमा समेत सरकारले आश्वस्त पार्न सके व्यवसायीले पनि राम्रैसंग पूर्बाधार विस्तरामा लगानी बढाउनेछन् । जसकारण चार्जिङ स्टेशन व्यापक रुपमा बढ्न गई ईभीको बजार अझै शसक्त बन्छ । प्रोडक्ट राम्रो छ र हरेक स्थानमा चार्जिङ स्टेशन पनि उपलब्ध छ भने कुनैपनि ब्रान्डको ईभीले बजार लिनेमा ढुक्क हुन सकिन्छ ।

अफरोड एसयूभी भएका कारण जेको जे–६ देशका दुर्गम भेगमा समेत सहजै गुड्न सक्ने देखिन्छ । यो गाडीलाई मध्येजनर गरी चार्जिङ स्टेशन र पूर्बाधार विस्तार कसरी गर्दै हुनुहुन्छ ?

ओमोडा ल्याएको तीन महिनाभित्रै हामीले १५ स्थानमा फास्ट चार्जिङ स्टेशन राखिसकेका छौ । त्यसैगरी १ महिनाभित्र थप १०० स्थानमा विस्तार गर्ने योजनामा छौंै । जेको जे–६ अफरोड एसयुभी भएका कारण यो दुर्गम भेगमा पनि सजिलै पुग्न सक्छ । यस्ता स्थनमा पनि हामीले चार्जिङ स्टेशन बनाउनु आवश्यक छ । जसका लागि ती स्थानमा फ्लो हुने करेन्टको गुणस्तर राम्रो हुनु एकदमै जरुरी छ । यसका लागी राज्यशले सहयोग गर्नुपर्छ । मनाङ मुस्ताङजस्ता स्थानमा समेत जानसक्ने प्रोडक्ट भएका कारण ती स्थनमा समेत चार्जिङ पूर्बाधार निर्माण गर्ने हाम्रो तयारी छ ।

बिक्रीपछिको सेवा र रिसेल भ्यालूमा ग्राहक आश्वस्त बन्न सकिरहेको देखिँदैन । यो विषयमा के भन्नुहुन्छ ?

बजारमा ईभी ब्रान्डको उपस्तिथी बढ्दै गएका कारण यी विषयमाथि आशंका बढ्दै जानुलाई जायज नै मान्न सकिन्छ । आँफुले किनेको ब्रान्डले कतै भोलिका दिनमा सर्भिस र स्पेयर पाटर््सजस्ता सुबिधा नपाउने पो हो कि भन्ने शंका उब्जनु स्वभाविक पनि हो । तर, यो विषयमा ग्राहक भन्दा पनि गाडी आयात गर्ने व्यवसायी बढि चिन्नित वन्नुपर्छ जस्तो मलाई लाग्छ । भोलिका दिनमा कुनै कम्पनीले बिक्री पछिको सेवा र चार्जिङ सुबिधा दिन सक्दैन भने उसको भविष्य त्यहिँ समाप्त हुने निश्चित छ । अवको केही समयपछि बजारमा जसले राम्रो सर्भिस र चार्जिङ सुबिधा दिन सक्छ त्यहि ब्रान्डमात्र टिक्ने देखिन्छ ।

अटो बजारका लागि नयाँ सेग्मेन्ट भएका कारण यसको रिसेल बजार अहिलनै तयार भैसकेको छैन । अवको ४–५ वर्षपछि रिसेल बजारले पनि चर्चा पाउला । ईभीको प्रमुख कम्पोनेन्ट ब्याट्रीमा नै ८ वर्षसम्मको वारेन्टि भएका कारण पनि रिसेललाई लिएर त्यत्ति धेरै चिन्ता गर्नुपर्ला जस्तो मलाई लाग्दैन ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

नयाँ दिल्ली – बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बीवाईडी...

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...