अबको भविष्य प्रोटोन, आई फिल द राइट च्वाइस इज प्रोटोन : दीपककुमार अग्रवाल

नेपाली बजारमा मलेसियन कार निर्माता कम्पनी प्रोटोन भित्रिएको छ । जगदम्बा मोटर्सले आधिकारिक वितरकको रुपमा प्रोटोन सागा सेडान कारलाई नेपाली बजारमा भित्र्याएको छ । आगामी जनवरी १३ मा औपचारिक लन्चको तयारी भए पनि हाल यी गाडी नक्सालस्थित सोरुममा सजाएर राखिएका छन् ।

प्रविधि र सेफ्टीको मामिलामा निकै नै अब्बल मानिएको ब्रान्ड प्रोटोनको नेपाली बजारमा कस्तो भविष्य होला ? यसको बजार सम्भाव्यता र कम्पनीका आगामी योजना वारेमा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालसँग नेपाल अटो टिमले कुराकानी गरेको छ । सो कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

नेपाली बजारमा फोर ह्विलर भित्र्याउने क्रममा प्रोटोन ब्रान्डलाई नै किन रोज्नुभयो ?
प्रोटोन मलेसियन सरकारको स्वामित्वमा भएको ३५ वर्ष पुरानो ब्रान्ड हो । यसले समयक्रममा आफूलाई अपग्रेड गर्दै आएको छ । अब प्रोटोन मात्र एक ब्रान्ड रहेन । यसले जिली, भल्वो जस्ता विश्वका प्रतिष्ठित १६ कम्पनीहरुसँग मर्ज भएर विभिन्न प्रोडक्ट उपलब्ध गराउँदै आएको छ । प्रोटोनले हाल उपलब्ध गराएको मात्र होइन, भविष्यमा उपलब्ध गराउने प्रोडक्टलाई समेत हेर्ने हो भने अबको भविष्य भनेको ‘प्रोटोन’ को हो भन्ने देखिन्छ । आफ्टर सेल्स सर्भिसको सन्दर्भमा हेर्दा पनि मलाई के लाग्छ भने ‘आई फिल द राइट च्वाइस इज प्रोटोन’ ।

प्रोटोनका सवारी साधन कस्ता छन् र नेपाली ग्राहकले के फाइदा पाउने छन् ?
हालको सन्दर्भमा प्रोटोनले एसियाली बजारमा आफ्नो विशेष ध्यान केन्द्रीत गरेको छ । मलेसियाली बजार वाहेक हालसालै पाकिस्तान, बंगलादेश र ब्रुनाई जस्ता राष्ट्रमा प्रोटोनका सवारी साधन लन्च भएका छन् । अब नेपाली बजारमा समेत प्रोटोनले विशेष ध्यान केन्द्रीत गर्नेछ । प्रोटोनका प्रोडक्टका ती विशेषता, आफ्टर सेल्स सर्भिस, सेफ्टी आदि सबै नेपाली सडकका लागि उपयुक्त छन् । नेपालमा उपलब्ध सवारी साधनको सेफ्टीका वारेमा धेरै चर्चा हुने गरेको छ । प्रोटोनका सवारी साधन सुरक्षित सवारी साधन मानिन्छन् ।

नेपालमा हामीले पहिलो चरणमा सागा सेडान उपलब्ध गराएका छौ । यो रेन्जमा प्रोटोन सागा चाहिं नेपालमा उपलब्ध थर्ड कन्ट्रीबाट आउने पहिलो सेडान हो । अहिले नेपालमा उपलब्ध यो रेन्जका सबै सेडान भारतमा उत्पादित छन् । फिचर छ, सुरक्षित छ, ग्राउन्ड क्लियरेन्स राम्रो छ । यो मूल्यमा यति धेरै विशेषता भएको सेडान पाउनु निकै नै राम्रो कुरा हो ।

प्रोटोन सागा नै पहिलो चरणमा किन भित्र्याउनु भयो ? के छ प्रोटोन सागाको विशेषता ?
युरो एनक्यापमा फोर स्टार रेटिङ गाडी हो सागा । यो निकै नै सुरक्षित छ । त्यसैले नै हामीले ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराएका छौ । मलाई लाग्छ, नेपालमा यति धेरै वारेन्टी भएको यो एक मात्र ब्रान्ड हो ।

सेडान सेगमेन्टमा उपलब्ध यी गाडी अन्य कुनै पनि ब्रान्डका सेडान भन्दा गुणस्तरीय र सुरक्षित छन् । सुरक्षाका लागि सागा सेडानमा फ्रन्ट एयरब्याग, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ब्रेक असिस्ट, लोड लिमिटर, रियर पार्किङ सेन्सर तथा इम्मोबिलाइजर र एन्टी थेफ्ट अलार्म छन् भने अटोमेटिक भेरिएन्टमा थप सुरक्षाका लागि इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड असिस्ट र रिभर्स क्यामरा जस्ता अत्याधुनिक फिचर समेत छन् ।

त्यसैगरी यो गाडीमा ७ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटी, चार स्पिकर र यूएसबी पोर्ट जस्ता सुविधा छन् । टिल्ट एड्जस्टमेन्ट गर्न सकिने स्टेयरिङ छ भने त्यसैमा अडियोका लागि स्विच छ र यसलाई ह्यान्ड्स फ्रि गर्न सकिन्छ । त्यसैगरी पावर विन्डो, ड्राइभर सिट एड्जस्टर आदि समेत उपलब्ध छ । कारको बाहिरी भागमा ह्यालोजन हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टर्न सिग्नलसहितको इलेक्ट्रिक डोर मिरर र रियर स्पोइलर जस्ता विशेषता छन् ।

यसको बजार प्रवद्र्धनका लागि कस्तो रणनीति लिने योजना बनाउनु भएको छ ?
नेपाली सडकमा हाल एक सय भन्दा बढी प्रोटोन सागा पहिले देखि नै गुडिरहेका छन् । ती ग्राहकमा अझै पनि प्रोटोन सागाप्रति एक प्रकारको कन्फिडेन्स छ । उहाँहरु यो ब्रान्डप्रति ढुक्क हुनुहुन्छ । राम्रो विशेषताकै कारण उहाँहरुले यी गाडी चलाइरहनु भएको छ र एक्सचेन्ज गरेर फेरि पनि प्रोटोन नै लिन चाहिरहनु भएको छ ।

हामीले प्रोटोनका सवारी साधनमा भएको विशेषताका वारेमा नै ग्राहकलाई जानकारी गराउने प्रयास गर्नेछौ । यसमा भएको टेक्नोलोजी र अन्य पक्षका वारेमा पनि बुझाउने छौ । त्यसैगरी हाम्रो विगतको अनुभवले पनि के बताएको छ भने आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्समा ध्यान दिनु नै हाम्रो महत्वपूर्ण विशेषता हो । हामीले फरक तरिकाले यी सबैलाई मिलाएर गयौ भने अवश्य पनि सफल हुन्छौ भन्ने विश्वास छ ।

यसका लागि कस्तो योजना बनाउनु भएको छ ?
प्रोटोनका गाडी हाइली टेक्नोलोजिकल छन् । यी गाडीमा भएका समस्यालाई इलेक्ट्रोनिकल्ली डायग्नोस गर्न सकिन्छ । हामीले जर्मनी र अन्य राष्ट्रबाट डायग्नोस्टिक टुल्सहरु लिएका छौ । हामीले अहिले नै अत्याधुनिक वर्कसपको सुरुवात केही हद सम्म गरिसकेका छौ र यसलाई थप गर्ने क्रममा छौ । टेक्निसियनहरु मलेसियाबाटै तालिम प्राप्त छन् । डेडिकेटेड सर्भिस इन्जिनियरहरु तयार छन् । प्रोटोनसँग हातेमालो गरेर स्पेयर पार्ट्स उपलब्ध गराउने व्यवस्था गरिएको छ । यी सबैका कारण प्रोटोनको थट, भिजन र एलाइनमेन्टलाई हामीले ग्राहक समक्ष पु¥याउन सक्षम हुनेछौ भन्ने हाम्रो विश्वास छ ।

आफ्टर सेल्स सर्भिसका लागि वर्कसपहरुको व्यवस्थापन कसरी गर्ने योजना बनाउनु भएको छ ?
हामीले पहिलो चरणमा ललितपुरको कुपण्डोलस्थित करिडोरमा वर्कसपको सुरुवात गरेका छौ । हामीले चाँडै नै डिलर नेटवर्कका लागि आह्वान गर्नेछौ । पोखरा, नारायणघाट र बुटवलमा पहिलो चरणमा डिलर नेटवर्क विस्तार गर्नेछौ । दोस्रो चरणमा विराटनगर, नेपालगन्ज, धनगढी र विर्तामोडमा गर्नेछौ भने त्यसपछि क्रमशः अन्य स्थानमा पनि विस्तार हुनेछ । सन् २०२१ भित्र हामीले सबै गरी १२ नेटवर्क विस्तार गर्ने योजना बनाएका छौ । यी सबै स्थानमा सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुनेछ ।

सागा पश्चात अन्य कुन मोडलका गाडी भित्र्याउने योजना बनाउनु भएको छ ?
हामी अहिले सागालाई नै प्रवद्र्धन गर्नेछौ । त्यसपछि हामी केही महिनामै एक्स७० र एक्स५० समेत लन्च गर्नेछौ । नेपालमा एसयूभीको समेत बजार बढिरहेको अवस्थामा यी दुई एसयूभीले पनि राम्रो बजार लिने अपेक्षा गरेका छौ । प्रोटोनका ह्याचब्याक देखि लिएर प्रिमियम र महंगा सेडान तथा एमपीभी सम्म उपलब्ध छन् । हामी नेपाली ग्राहकको माग अनुसार विस्तारै सबै सेगमेन्टका गाडी उपलब्ध गराउदै जानेछौ । तर एकै पटक धेरै रेन्ज उपलब्ध गराउनु भन्दा पनि बजारको अवस्था अनुसार कुनै रेन्जमा नै बढी ध्यान केन्द्रीत गर्दै जानेछौ ।

नेपाली बजारमा यो ब्रान्ड भित्र्याउने अवस्था सम्म पुग्दा कस्तो तयारी गर्नुभयो ?
सुरुवातमा हामीले पहिले देखि नै उपलब्ध ग्राहकहरुको खोजी गरी उहाँहरुले कस्तो आवश्यकताको अनुभव गर्नुभएको छ भन्ने कुरा पत्ता लगाउने प्रयास ग¥यौ । यसका लागि सर्भिस क्याम्प गर्ने योजना बनाएका छौ । हामीले पहिले नै सेल्स ट्रेनिङ, सर्भिस ट्रेनिङ सम्पन्न गरिसकेका छौ । वारेन्टी सेटअप र अनलाइनमार्फत गर्न सकिने सबै व्यवस्थाको तयारी गरेका छौ । प्रोडक्ट लन्च हुनु भन्दा पहिले नै गर्नु पर्ने सबै तयारी सम्पन्न गरेका छौ । यसले गर्दा भविष्यमा कुनै पनि ग्राहकले दुःख नपाओस् भन्ने कुरामा हामी सचेत छौ ।

लन्चको तयारी कस्तो चल्दै छ ?
हामीले औपचारिक रुपमा आगामी जनवरी १३ मा भर्चुअल लन्च गर्ने तयारी गरेका छौ । विभिन्न डिजिटल प्लेटफर्ममार्फत जानकारीमूलक सामग्री राखिएका छन् । प्रशस्तै इन्क्वायरी आइरहेको छ । केही गाडी बुकिङ पनि भइसकेका छन् र अर्को साता डेलिभरी समेत गर्नेछौ ।

आगामी दिनका लागि कस्तो योजना बनाउनु भएको छ ?
हामीले पहिलो वर्ष गाडीको ‘नम्बर अफ सेल्स’ मा फोकस गर्ने छैनौ । हामीले नम्बर भन्दा पनि भएको ग्राहकलाई कसरी सन्तुष्ट राख्ने भन्नेमा ध्यान केन्द्रीत गर्नेछौ । उहाँहरुलाई कसरी ‘बेस्ट सर्भिस’ दिने भन्नेमा ध्यान दिनेछौ । पहिलो वर्षको लक्ष्य भनेको ग्राहक सन्तुष्टी नै हुनेछ । ग्राहकलाई कसरी फरक अनुभव दिने भन्नेमा केन्द्रीत हुनेछौ ।

जगदम्बा मोटर्सले टु ह्विलर देखि अन्य सबै सेगमेन्टका सवारी साधनमा आफ्नो उपस्थिति जनाउने सन्दर्भमा प्रोटोन पनि भित्र्याएको पाइन्छ । समग्र अटोमोबाइल क्षेत्रमा जगदम्बा मोटर्सको सम्भावना के छ ?
आगामी ५ वर्ष भित्रमा नेपालको नम्बर १ अटोमोबाइल कम्पनी बन्ने प्रक्रियामा जगदम्बा मोटर्स क्रियाशील छ । यही लक्ष्य प्राप्तिका लागि नै टु ह्विलर, थ्री ह्विलर र अन्य सबै सेगमेन्टका सवारी साधनको कारोबार बढाउदै गएको छ । यद्यपि जगदम्बा जहाँ छ, पायोनियर नै छ । तर अटोमोबाइल क्षेत्रमा समेत पायोनियर बन्न चाहन्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...