इन्टरमोडल यातायात विकास समितिको निर्देशकमा आशीष गजुरेल नियुक्त

काठमाडौं - सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशीष गजुरेललाई नियुक्त गरेको छ ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्राफिक इन्जिनियर गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालया बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । इन्टरमोडल समितिले वैदेशिक व्यापारलाई सहजीकरण गर्ने काम गर्छ भने एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह निर्माण, सञ्चालन एवं यवस्थापनको काम गर्छ ।

सरकारले कार्यकारी निर्देशकका लागि असार १७ गते दरखास्त आह्वान गरेको थियो । खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका गजुरेल लगानी बोर्डका परामर्शदाता र बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) का सहमहासचिव समेत हुन् ।

त्यसैगरी उनी नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का समेत महासचिव हुन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...