नेपालगन्जमा अटोमोबाइल व्यवसायी र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीबीच छलफल

नेपालगन्ज – मध्य तथा सुदूर पश्चिम अटोमोबाइल्स एसोसिएसन नेपालले नेपालगन्ज तथा कोहलपुरमा रहेका विभिन्न बैंक, वित्तीय संस्थाहरु तथा बिमा कम्पनीहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अटोमोबाइल व्यवसायी र बैंक तथा बिमा कम्पनीहरु बीच देखिएका समस्या समाधानका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष डम्बर शाहुले जानकारि दिए ।

नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका ठाउहरुमा शाखा कार्यालय रहेका बिभिन्न बैंक, वित्तीय संस्थाहरु तथा बिमा कम्पनीका प्रबन्धकहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा अटोमोबाइल व्यवसायमा देखिएका चुनौतीहरु र आगामी दिनमा गर्न सकिने थप सहकार्यको विषयमा छलफल भएको थियो ।

सो अवसरमा बैंक तथा वित्तीय संस्थाहरु, अटो व्यवसायीहरु र उपभोक्ता तीनै पक्षलाई सहज हुने गरी व्यवसाय गर्न र समस्या समाधान गर्न सबैले सहमति जनाएको एसोसिएसनका उपाध्यक्ष नरेन्द्रबहादुर वलीले बताए ।

मध्य तथा पश्चिम नेपालको सबै भन्दा ठूलो र व्यापारिक नाका रहेको नेपालगन्ज सवारी साधनहरुको हबको रुपमा विकास भएको छ। देशमा चल्ने सबै प्रकारका सवारी साधनहरुको शोरुम रहेको नेपालगन्ज शहरका अटो व्यवसायीहरु एकजुट हुनुपर्ने आवश्यकताका साथ निरन्तर छलफलमा जुटेको बताइएको छ ।

करिब तीन महिना पहिले आधिकारिक रुपमा दर्ता भएको मध्य तथा सुदूर पश्चिम अटोमोबाइल्स एसोसिएसनमा हालसम्म करिव १६५ जना सदस्य भइसकेका छन् । यो क्षेत्रमा अटोमोबाइल व्यवसायमा आवद्ध सबै व्यापारी तथा डिलरहरुलाई समेत सम्मिलित गरेर चालु आर्थिक वर्षभित्र करिव ५ सय सदस्य संख्या पु¥याउने लक्ष्य रहेको अध्यक्ष शाहुले बताए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...