मौद्रिक नीतिप्रति नाडाको असन्तुष्टि, भन्यो – मौद्रिक नीतिले अटो क्षेत्रलाई पुरै बेवास्ता ग-यो
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चालु आर्थिक वर्ष २०८१/८२...
नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा ईभी मा एक्सपोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन ।
सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दा धेरै प्राविधिक अन्योलता देखिएको बताए ।
‘टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नु परिरहेको छ’ पौडेलले भने ।
अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण गरेरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाइ छ ।
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टीमा पनि उतिकै ध्यान दिनुपर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको पौडेल बताउँछन् ।
नेपालमा सबैभन्दा पहिलो टेक्नोलोजी जनचेतनामा काम गर्नुपर्ने देखिएको उनले जानकारी दिए ।
‘ग्राहकलाई पनि कुनै विद्युतीय गाडी खरिद गरे भने रेन्जको तनाव बढी रहेको पाएको छु’ पौडलेले भने ‘खासगरी नेपालभर रहेको पाँच लाख मेकानिक्सको ईभीमा क्षमता कसरी बढाउने भन्ने बिषयमा नीतिगत तहबाटै काम हुनु जरुरी छ’ ।
अहिलेसम्म नेपाल आएका जतिपनि गाडी कन्भर्जन नै रहेको कारण यसलाई पनि जोड दिनु आवश्यक छ ।
त्यसैगरी कार्यक्रममा प्यानलिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् ।
‘नेपालको भोगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ताखालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ ।
नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालीन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने उनले बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लाथि पनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तवरबाटै काम हुनपर्ने धारणा उनले व्यक्त गरिन ।
त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्की नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताउछन् ।
‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतीयमा रुपान्तरण गछौं भन्यो भने लागत बढी छ’ अभिषेकले भने ‘इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रुपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपर्छ’ ।
उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ ।
सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी ईभीमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ । ‘नेपालमा ईभीको पहुँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन’ ।
आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार उनले व्यक्त गरे ।
नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन व्याट्री उपयुक्त छ ती गाडीहरुलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पुरा हुने सम्भावना रहेको उनले बताए ।
‘हरेक देशले आफ्नो लागि भनेर मात्रै गाडी बनाउछ भने नेपालका लागि भनेर मात्रै गाडी बनाउदैन’ कार्कीले भने ‘नेपालको आवश्यकतालाई पनि बुझ्नुपर्छ’ ।
नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा व्याट्री उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।
नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारले पनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अहिलेको आवश्यकता रहेको कार्कीले बताए ।
इन्धनका सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने कार्की बताउँछन ।
त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा ईभीमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए ।
‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्या भइरहेको पाएको छु’ ज्ञवालीले भने ‘अब लङ ड्राइभको लागि सरकार र निजी क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ ।’
पछिल्लो समय नेपाल आएका गाडीहरु फास्ट चार्जिङका आएकाले फास्ट चार्जिङ वरदान नै हुने उनको दाबी छ ।
नेपाल सरकारले पनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जति अपेक्षा गरेका छौं त्यो नहुने उनको भनाइ छ ।
निजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातलाई विद्युतीकरण गर्नेतर्फ ध्यान गएको नपाइएको उनले बताए ।
ईभी चौतारीमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानिकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतीको बिषय रहेको बताउछन् ।
सरकारले पनि विद्युतीय सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाइ छ । अब नेपालमा निजी ईभीलाई भन्दापनि पब्लिक गाडी तर्फ नै केन्द्रित हुनेपर्ने धामीको दाबी छ ।
त्यसैगरी सरकारले विद्युतीयमा कन्भर्सन गर्न इन्धनबाट चल्ने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियमन गर्न संयन्त्र पनि अपनाउनुपर्ने धामी बताउँछन् ।
डिजेल पेट्रोलका गाडीलाई बैंकहरुले पनि कर्जा दिन्छु भन्ने अवस्था छ विद्युतीय तर्फ बजार अघि नबढिसकेको अवस्था छ । त्यसको लागि रिक्स काउन्टर ग्यारेन्टी फन्डको अवधारणा पनि ल्याउनुपर्ने उनले बताए ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चालु आर्थिक वर्ष २०८१/८२...
कठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
काठमाडौं – नाडाका अध्यक्ष धुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...