हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...
संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हुन्डाई गाडीको नेपालका लागी अधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चैत्र २५ गते अयोजना गरेको उक्त कार्यक्रममा उपस्थित संचारकर्मीलाई हुन्डाई ब्रान्डको इलेक्ट्रिक कार र नेपालमा इलेक्ट्रिक कारको समग्र अबस्थाका बारेमा जानकारी प्रदान गरिएको थियो ।
सो अबसरमा इलेक्ट्रिक गाडीका लगाी विशेष तवरले निर्माण गरिएको थापाथलिस्थत इभी डेडिकेटेड शोरुमको विशेषताका बारेमा समेत जानकारी प्रदान गरिएको थियो । पाटनस्थित हुन्डाई ट्रेनिङ एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी इलेक्ट्रिक कारमा प्रयोग भएका प्रबिधी, यस्ता गाडीको नेपाली बजार संभावना, भोलीका दिनमा निम्तिन सक्ने चुनौती र यसको समाधान तथा हुन्डाई ब्रान्डको नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका कारको बारेमा बिस्तृत जानकारी दिइएको थियो ।
लक्ष्मी इन्टकन्टिनेन्टल प्रालिका नायव महाप्रबन्धक दिपक थपलियाले नेपालमा इभीले सोचेभन्दा राम्रो बजार लिन सफल भएको बताए । उनले भने, ‘नेपालमा इलेक्ट्रिक भेहिकलले छोटो समयमै राम्रो बजार लिन सफल भएका कारण यो साधनका बारेमा विस्तृत ज्ञान हाँसिल गर्नु आवश्यक भैसकेको छ । विश्व बजारकै लागी नयाँ प्रबिधी भएका कारण इभीमा अवसरको साथसाथै चुनौतीहरु पनि त्यत्तिकै मात्रामा रहेका छन् । जुन विषयमा सरोकारवाला व्यक्ति र निकाय सबै पक्ष उत्तिकै सचेत र जानकार हुन आवश्यक भैसकेको छ ।’इलेक्ट्रिक भेहिकलका लागी आबश्यक पूर्बाधार र प्रबिधीको यथेष्ट प्रबन्ध गर्न नसकिए भोलिका दिनमा यसले समस्या निम्ताउन सक्ने उनको भनाई थियो ।
कम्पनीका वरिष्ठ बिक्री प्रबन्धक दिवाकर रेग्मीले नेपाली बजारमा उपलब्ध हुन्डाई ब्रान्डका कोना, आयोनिक सेडान र आयोनिक ५ गरी कुल ३ वटा मोडलका इलेक्ट्रिक कारको विविध पक्षका बारेमा जनकारी प्रदान गरेका थिए । सोही क्रममा उनले हालसालै नेपाल भित्रिएको आयोनिक ५ कार कसरी डिजाइन तथा लुक्स, पावर तथा पर्फमेन्स, फिचर्स र सेफ्टिको मामलमा उत्कृष्ट छ भन्ने विषयमा प्रस्तुती दिएका थिए । साथै उनले देशका ४० स्थानमा हुन्डाईको आफ्नै चार्जिङ स्टेशन निर्माण भैसकेको जानकारी दिए ।
हुन्डाई ट्रेनिङ एकेडेमीका ट्रेनिङ म्यानेजर बाशुदेव तिमिल्सिनाले हुन्डाई गाडीको मर्मतसम्भारमा संलग्न टेक्निसियनलाई दक्ष बनाउन कम्पनीले गर्दै आइरहेको पहलका बारेमा जानकारी दिएका थिए । उनका अनुसार यो एकेडेमीले नेपालभर रहेका हुन्डाई गाडीको सर्भिस सेन्टरमा कार्यरत टेक्निसियनलाई पछिल्लो प्रबिधीका बारेमा तालिम उपलब्ध गराउँदै आइरहेको छ ।
‘सन् २०१८ मा आयोनिक सेडान भित्रिए देखि नै हामीले इलेक्ट्रिक कारको मर्मतसम्भार सम्वन्धि विशेष तालिम दिँदै आइरहेका छौ । जसका कारण नेपालको जुनसुकै भुभागमा हुन्डाईको इलेक्ट्रिक कारमा समस्या देखिए ग्राहकले तत्कालै नजिकको वर्कशपवाट सेवा पाउनेछन’ उनले भने । हुन्डाइले हालसम्म ४८ जना टेक्निसियनलाई हाई भेल्टेजमा समेत काम गर्न सक्ने गरी सर्टिफाइड गरिसकेको उनको भनाई थियो ।
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...
हुन्डाई इन्डियाले २०२४ हुन्डाई अल्काजार भारतमा लन्च गरेको छ । कम्पनीले...
काठमाडौं – लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाईल्सको आधिकारीक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...