विद्युतीय सवारी साधन प्रवद्र्धन र चुनौती सम्बन्धमा अन्तरक्रिया सम्पन्न

काठमाडौं – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा हिजो विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अटोले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा जुममार्फत गरेको सो भर्चुअल अन्तरक्रियामा विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरुको वारेमा छलफल भएको छ ।

सो अवसरमा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेलले विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले लिएको नयाँ नीति र पहिले देखि नै सञ्चालनमा रहेका विभिन्न नीति तथा कार्यक्रमको वारेमा जानकारी प्रदान गरे ।

अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराईले आगामी सन् २०३० देखि मोटर स्पोर्ट्स समेत इलेक्ट्रिक तर्फ हुने तयारी भएको बताउदै तत्काल नभए पनि सुदूर भविष्य भने इलेक्ट्रिक भेइकल नै भएको बताए ।

नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले अटोमोबाइल व्यवसायीहरुका लागि इलेक्ट्रिक भेइकल व्यवसायी एउटा अवसर भए पनि यसतर्फ सरकारको अस्थिर नीतिले अप्ठ्यारो बनाएको बताए । हालको अवस्थामा व्यवसायीहरु हौसिएको भए पनि गुणस्तरीय सवारी साधन आयात गर्न र आगामी दिनमा नेपालमै यस्ता सवारी साधन उत्पादन गर्न समेत प्रोत्साहन गर्नु पर्ने बताए ।

नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) का अध्यक्ष नवराज पौडेलले प्रशस्तै राजस्व सरकारले पेट्रोलियम सवारी साधनबाट उठाएको भए पनि यसले निम्त्याएको प्रदूषणले घाटा पुगेको बताए । नेपालमा प्रशस्तै विद्युत उत्पादन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै पौडेलले यसका लागि आवश्यक सकारात्मक नीति सरकारले ल्याउन र कार्यान्वयन गर्न सकेमा व्यवसायीहरु पनि त्यसै अनुसार उत्साहित भएर अगाडि बढ्ने बताए ।

इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनीले यस्ता गाडीको ब्याट्रीलाई उपयुक्त तरिकाले चार्ज गर्दा लाइफ बढाउन सकिने र रिसेल भ्याल्यु समेत बढ्ने बताए । ब्याट्रीको मूल्य समेत लगातार रुपमा घटिरहेको र टेस्ला लगायतका विभिन्न कम्पनीहरुले उत्पादन बढाउने तयारी गरिरहेकाले भविष्यमा यस्ता गाडी अझै कम मूल्यमा उपलब्ध हुने बताए ।

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका अध्यक्ष सुशील तण्डुकारले अहिलेको अवस्थामा इलेक्ट्रिक सवारी साधन मर्मतका लागि डेडिकेटेड वर्कसपको व्यवस्था प्रतिष्ठित कम्पनीहरुले समेत नगरेको र तालिम प्राप्त मेकानिक्स समेत नभएको बताए । यस्ता कुराहरुमा विस्तारै सुधार ल्याउनु आवश्यक भएको उनको तर्क थियो ।

नासाका सदस्य दिप्रश शाक्यले इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै जादा भविष्यमा नेपालमा समेत इलेक्ट्रिक मोटर स्पोर्ट्सको समेत विकास गर्न सकिने बताए । उनले ई–रेसिङको गन्तव्यका रुपमा नेपाललाई प्रयोग गर्न सकिने पनि बताए । मुस्ताङमा हुने भनिएको एक्स्ट्रिम ई–कार रेसिङ कोभिडको कारणले स्थगित भएको थियो । रेसिङका यस्ता गन्तब्यहरु नेपालका लागि अवसर भएको शाक्यले बताए ।

समग्रमा सो अन्तरक्रियामा नेपालमा विद्युतीय सवारी साधनको अवस्था, यसको प्रवद्र्धनका लागि गरिनु पर्ने आावश्यक कार्य, सवारी साधनको प्राविधिक पक्ष, विश्वमा विद्युतीय सवारी साधनको अवस्था र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका वारेमा छलफल गरिएको थियो ।

नेपाल अटोको फेसबुक पेजमा समेत लाइभ प्रसारण गरिएको कार्यक्रममा वक्ताहरुले सहभागीहरुका विभिन्न जिज्ञासाहरुको समेत सम्बोधन गरेका थिए ।

नासा उपाध्यक्ष सिताराम न्यौपानेको सभापतित्वमा भएको सो अन्तरक्रियामा अर्का उपाध्यक्ष अनिल बरालले मोडरेटरको भूमिका निभाएका थिए । अन्तरक्रियाको संयोजन नेपाल अटोका सल्लाहकार सम्पादक एकराज सुवेदीले गरेका थिए भने प्राविधिक संयोजन इन्जिनियर प्रवेश पौडेलले गरेका थिए ।

सम्बन्धित समाचारहरू

पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस

पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि...

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

काठमाडौं–नेपालमा बिक्री हुँदै आएको जिली ईएक्स५ मा अव एप्पल कारप्ले र...

एनआईयू इलेक्ट्रिक स्कुटरमा अब ४ वर्ष वारेन्टी (मूल्य र फिचर सहित)

एनआईयू इलेक्ट्रिक स्कुटरमा अब ४ वर्ष वारेन्टी (मूल्य र फिचर सहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध एनआईयू इलेक्ट्रिक स्कुटरमा ४ वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...