मिसिलिनद्वारा भारतमा पहिलोपटक कार टायर उत्पादन, ईभी र आईसीई दुवैका लागि उपयुक्त
काठमाडौं–विश्वप्रसिद्ध टायर निर्माता कम्पनी मिसिलिनले भारतीय बजारलाई...
काठमाडौं–लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको टोलीले आइतबार गोरखकाली रबर उद्योगको अध्ययन, भ्रमण गरेका हुन् ।
गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विश्लेषकीय भ्रमण गरेको सांसद बुर्लाकोटीले बताए । ‘अर्थ, उद्योग र कानुन मन्त्रालयको प्रतिनिधिसहित गोरखकाली रबर उद्योगको विश्लेषकीय भ्रमण गरेका छौँ’, उनले भने, ‘रबर उद्योग सञ्चालनमा ल्याउने कानुनी सम्भावन के हुन्छ, आर्थिक सम्भावन के हुन्छ भनेर यो भ्रमण पछि छलफल हुन्छ ।’
छिट्टै गोरखकाली रबर उद्योग सञ्चालन गर्न आर्थिक प्रस्तावनासमेत तयार गर्ने सांसद बुर्लाकोटीले जानकारी दिए । गोरखकाली रबर उद्योग २०४१ जेठ ३० गते चीन सरकारको सहयोगमा स्थापना भएको हो । उद्योगको शिलान्यास तत्कालीन राजा वीरेन्द्र शाहले २०४२ सालमा गरेका थिए । उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
एक समय स्वदेशी बजारको टायर तथा ट्युबको मागको ठूलो हिस्सा धान्दै आएको गोरखबाली रबर उद्योग करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्योगमा सरकार, नागरिक तथा विभिन्न सङ्घसंस्थाहरुको लगानी समेत रहेको थियो ।
वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता विकास गरेको गोरखकाली रबर उद्योगले ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको थियो । उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री वितरण हुन्थ्यो ।
उद्योगले उत्पादन गरेका टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा निर्यात गर्दै आएको थियो । कुनै समय स्वदेशी मागको ठूलो हिस्सा धान्दै आएको उद्योग २०७१ चैत २३ गतेदेखि पूर्णरुपमा बन्द भयो ।
लामो समयदेखि बन्द हुँदा यसका संरचना र मेसिनरी प्रयोगविहीन अवस्थामा छन् । लामो समयदेखि बन्द रहेको उद्योगमा राज्यको ठूलो लगानी र भौतिक संरचना प्रयोगविहीन बनेका छन् । रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...