दशैं तिहारका लागि इनड्राइभ नेपालको आकर्षक क्याम्पेन, चालकका लागि सुनौलो अवसर

काठमाडौं– इनड्राइभले नेपालमा दशैं–तिहारको अवसर पारेर आफ्ना ड्राइभर पार्टनर्सका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ ।

अघिल्लो संस्करणबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सफलता देखेर यसपटक अभियानलाई अझ व्यापक र परिस्कृत बनाउने वाचा गर्दै यस अभियानलाई ल्याइएको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान र पहिचान दिने उद्देश्यले यो क्याम्पेन सञ्चालन गरेको हो । यस अभियानमा ग्रान्ड प्राइजको रूपमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल, साथै प्रिमियम स्मार्टफोन, स्मार्टवाच र इयरबड्स उपलब्ध छन् ।

‘प्लेटिनम ड्राइभर्स गिभअवे’ दुई चरणमा आयोजना हुँने जनाइएको छ पहिलो चरण फस्र्ट च्यालेन्ज भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ (अगस्ट २५–३१, २०२५) सम्म हुने छ । दोस्रो चरण सेकन्ड च्यालेन्ज (थ्री–वीक्स) भाद्र १६, २०८२ देखि असोज ५, २०८२ (सेप्टेम्बर ०१–२१, २०२५) सम्म आयोजना हुनेछ ।

यस अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन् भने सम्पूर्ण चरणहरूमा स्ट्याटस कायम गर्नेहरू ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । राइडहरूको संख्या बढ्दै गएमा पुरस्कार जित्ने अवसर पनि त्यति नै बढ्ने छ ।

पुरस्कारको सूचीमा प्रमुख रूपमा टाटा एक्सप्रेस–टी ईभी कार (क्याब ड्राइभर ग्रान्ड प्राइज), टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज), साथै स्मार्टफोन, स्मार्टवाच र इयरबड्स साप्ताहिक विजेताका लागि राखिएका छन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले अभियानप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र उत्कृष्ट अभियान लिएर फर्केका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन् र हामी उनीहरूको कडा परिश्रम र समर्पणलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं । दशैं–तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा हामी उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्पर जित्ने मौका नछुटाउनुहोस् र अहिले नै राइड सुरु गर्नुहोस्। आउनुहोस्, यो चाडपर्वको मौसमलाई सँगसँगै उत्सवमय बनाऔं ।’

यस अभियानले नेपालभरिका इनड्राइभ चालकहरूलाई प्रोत्साहित र सम्मानित गर्ने मात्र नभई दशैं–तिहारको चाडपर्वलाई अझ रोमाञ्चक र उत्सवमय बनाउने उद्देश्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...