इनड्राइभको दशैं विशेषः ड्राइभरहरुका लागि शून्य प्रतिशत सेवा शुल्क

काठमाडौं–ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ । यसको पियर–टु–पियर (पी–टु–पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान गर्दै सुरक्षित, किफायती र सहज यात्राको अनुभव सुनिश्चित गरेको हो ।

इनड्राइभमार्फत यात्रु र चालकले यात्रा सुरु हुनुअघि नै भाडाबारे आपसी सहमति गर्ने हुनाले दुवैतर्फ उचित मूल्य तय हुन्छ । पी–टु–पी मोडलले पारदर्शिता र फलेक्जीविलिटी सुनिश्चित गर्ने हुँदा दुबै पक्षलाई आफ्ना लागि उपयुक्त विकल्प छान्ने अधिकार दिनेछ । यसले गर्दा दुवै पक्षलाई वास्तविक स्वतन्त्रताको अनुभव हुन्छ ।

दशैंको अवसरमा इनड्राइभले राजधानीका आफ्ना ड्राइभर पार्टनरहरूलाई विशेष ध्यानमा राख्दै उनीहरुलाई शून्य प्रतिशत सेवा शुल्कको घोषणा गरेको छ । यस अन्तर्गत दशैं अवधिभर ड्राइभरहरूले कुनै पनि सेवा शुल्क तिर्नुपर्ने छैन र राईडको क्रममा भएको सम्पूर्ण आम्दानी उनीहरूले नै सत् प्रतिशत राख्न पाउनेछन् ।

आशीर्वाद र सद्भाव बाँड्ने समय दशैंको अवसरमा इनड्राइभले आफ्नो सेवाको मूल आधार चालकहरूप्रति आभार प्रकट गर्न शून्य प्रतिशत सेवा शुल्कको घोषणा गरेको हो । यस अवसरमा चालकहरूले थप आम्दानी गर्दै आर्थिक बोझ हल्का गर्ने र निश्चिन्त भएर आफ्नो परिवारसँग रमाइलो समय बिताउन सक्ने जनाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...