कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि
हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ...
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा फेसलिफ्ट प्रदर्शन गरेको छ । नयाँ क्रेटा पेश गर्नु अघि कम्पनीले एसयूभीका केही टिजर जारी गरेको थियो । कम्पनीले सो नयाँ २०२२ हुन्डाई क्रेटा फेसलिफ्ट एसयूभीको बारेमा सबै विवरणहरु आधिकारिक रूपमा खुलासा गरेको छ ।
फेसलिफ्टेड क्रेटामा एक्सटेरियर स्टाइल परिवर्तनको साथै क्याबिन अपडेट गरिएको छ । कारको फ्रन्टको ग्रिल नयाँ डिजाइन गरिएको छ जुन विश्व बजारमा बिक्री हुने टुसान एसयूभीबाट प्रेरित भएको देखिन्छ ।
एक्सटेरियर डिजाइन
इन्डोनेसिया–स्पेक क्रेटाको फ्रन्टको भागमा ठूलो अपडेट गरिएको छ । नयाँ क्रेटामा हुन्डाईको नयाँ ’प्यारामेट्रिक ग्रिल’ र एलईडी डे टाइम रनिङ ल्याम्प समावेश गरिएको छ । यसको साथै हेडलाइट आयताकार र अलि तल राखिएको छ । हुन्डाईले एसयूभीको रियर लुकमा पनि परिवर्तन गरेको छ ।
इन्टेरियर र फिचर
कारको ड्यासबोर्डको डिजाइन र लेआउट प्रि–फेसलिफ्ट मोडलबाट राखिएको छ । हुन्डाई क्रेटा फेसलिफ्ट २०२२ मा १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्रिमियम ८ स्पिकर बोस साउन्ड सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट सहितको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरमिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, कुल्ड ग्लोभ बक्स, एम्बिएन्ट लाइटिङ र एयर प्युरिफायर जस्ता फिचर समावेश गरिएको छ ।
सेफ्टी फिचर
सो कारमा टप ट्रिममा लेन किप असिस्ट, एडप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट कोलिजन असिस्ट, रियर क्रस ट्राफिक असिस्ट, भेइकल स्टेबिलिटी कन्ट्रोल र एसयूभीको रियर भ्यू मोनिटर जस्ता सेफ्टी फिचर समावेश गरिएको समावेश छ ।
इन्जिन र पावर
इन्डोनेसियाली मोडेलमा एक इन्जिनको मात्र विकल्प रहेको छ । यसमा १.५ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । सो इन्जिनले ११५ पीएस पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ६ स्पिड म्यानुअल वा सीभीटी अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ ।
भारतमा सो कार टर्बो इन्जिनको साथ लन्च गर्ने अपेक्षा गरिएको छ । हुन्डाईले सो कार आईएमटी टेक्नोलोजीमा पेश गर्ने सम्भावना रहेको छ । नेपालमा पनि भविष्यमा भारतकै मोडल उपलब्ध हुन सक्छ ।
हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ...
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय सब-४ मिटर एसयूभी भेन्युको एडभेन्चर...
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...