टाटा टियागो पनि ईभी भर्सनमा आउने पक्का
टाटा मोटर्सले हाल कारोबार भैरहेको कम्वस्चन इन्जिनयूक्त ह्याचव्याक कार...
भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का दिन ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने भएको छ । वेंगलुरुमा अवस्थित यो कम्पनीले यसको टिजर भिडियो सार्वजनिक गरिसकेको छ । उक्त भिडियोलाई आधार मान्दा कम्पनी छिट्टै उत्पादनमा जान तयारी अवस्थामा रहेको अनुमान लगाउन सकिन्छ ।
२ वर्षअघि इलेक्ट्रिक सेडानलाई शोकेस गरेर चर्चामा आएको प्रभेगले ल्याउन लगेको यो नयाँ एसयूभीले सिंगल चार्जमा ५०० किलोमिटर बढी रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो एसयूभीलाई २०० किलोमिटर प्रतिघण्टाको उच्च गतीमा हाँक्न सकिने जनाइएको छ ।
विस्तृत विवरणहरु वाहिर आइनसके पनि यसमा पिएम २.५ एयर फिल्टरेसन सिस्टम, प्रिमिय साउन्ड सिस्टम र अन्य थुप्रै प्रिमियम एवं अत्याधुनिक विशेषता उपलब्ध हुने आँकलन गरिएको छ । एक महिनापछि सार्वजनिक भएसंगै यो नयाँ इलेक्ट्रिक एसयूभीका वारेमा यथेष्ट जानकारीहरु वाहिर आउने कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले हाल कारोबार भैरहेको कम्वस्चन इन्जिनयूक्त ह्याचव्याक कार...
पेट्रोल–डिजेल सवारी साधनको तुलनामा इलेक्ट्रिक कारको इन्जिन...
काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...