लिपमोटर बी१० मोबिलिटी एक्सपोमा सार्वजनिक, स्मार्ट इलेक्ट्रिक मोबिलिटीको ‘पर्फेक्ट १०’
काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले...
टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले यसलाई भारतको पहिलो ‘मेक-इन-इन्डिया’ अल-इलेक्ट्रिक अल ह्विल ड्राइभ एसयूभीको रूपमा लन्च गरेको हो ।
ह्यारियर ईभीमा ७५ किलोवाट र ६५ किलोवाट दुई ब्याट्री प्याक विकल्प उपलब्ध छ । ७५ किलोवाट ब्याट्री भएको टप मोडलमा ड्युअल मोटर सेटअप छ, जसले ५०४ एनएम टर्क उत्पादन गर्छ । यसको अगाडिबाट १५५ बीएचपी र पछाडिबाट २३५ बीएचपी पावर उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटर प्रतिघन्टा गति ६.३ सेकेन्डमा हासिल गर्न सक्छ।
७५ किलोवाटको ब्याट्रीले १५ मिनेटको फास्ट चार्जिङमा करिब २५० किलोमिटरको रेन्ज दिन सक्छ। ह्यारियर ईभीमा कुल ६ ड्राइभ मोड समावेश छ । यसको अफ-रोड असिस्ट फिचरमा लो स्पिड क्रुज कन्ट्रोल समावेश छ जसले ५ किलोमिटर प्रतिघण्टाको गति कायम राख्छ।
ह्यारियर ईभी आफ्नो सेगमेन्टमा पहिलो एसयूभी हो जसमा ५४० डिग्री क्यामेरा सुविधा प्रदान गरिएको छ । साथै यसमा ब्लाइन्ड स्पट भ्यु मनिटर, रियरभ्यु मिरर क्यामेरा र बिल्ट-इन ड्यासक्यामजस्ता फिचरले एसयूभीलाई अझ सुरक्षा प्रदान गर्छ ।
सेफ्टीका लागि ह्यारियर ईभीमा ६ वटा एयरब्यागसँगै एक घुँडाको एयरब्याग गरी सात एयरब्याग उपलब्ध छ । यसमा २० भन्दा बढी एड्भान्स एडास फिचर, ईएसपीको साथमा आई-भीबीएसी, एसओएस कल, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ र अटोमेटिक हेडल्याम्प समावेश छ ।
काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले...
कलाकार हरिबंश आचार्य आफैमा रमाइला छन् । यो सबैलाई थाहा भएकै कुरा हो । केही...
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...