चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने
चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...
नेपालमा प्रचुर मात्रामा जलविद्युत उत्पादन भइरहेको छ । यसका कारण नेपालमा इलेक्ट्रिक गाडीको बिक्री समेत बढिरहेको भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।
यसै सन्दर्भमा भारतीय अनलाइन पोर्टल जागरण डटकममा यस सम्बन्धी समाचार सार्वजनिक भउको छ । समाचारमा बिजुलीको प्रचुर स्रोतका कारण नेपालमा द्रुत गतिमा चार्जिङ नेटवर्क पनि विस्तार भइरहेको बताइएको छ ।
विगत दुई वर्षमा ईभीको आयात दोब्बर भएको भन्सार विभागको तथ्यांकले समेत देखाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युतीय सवारी साधनको प्रयोगले प्रतिवर्ष २ करोड २० लाख अमेरिकी डलरको तेल आयात घटेको छ ।
नेपालमा हाल अधिकतम २ हजार ६०० मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ र नयाँ जलविद्युत आयोजनाको निर्माण बढ्दै गएको छ । नेपालमा सोलार प्लान्टबाट पनि थोरै मात्रामा बिजुली उत्पादन भइरहेको छ ।
समाचारमा भनिएको छ – नेपालमा इलेक्ट्रिक सवारी साधनको बिक्रीको आधिकारिक तथ्यांक उपलब्ध छैन, तर चिनियाँ कम्पनी बीवाईडीको एट्टो ३ र टाटाको नेक्सन ईभी बिक्रीमा हावी रहेको देखिन्छ । नेपालले जलवायु परिवर्तन उत्सर्जनलाई रोक्न आफ्नो राष्ट्रिय प्रतिबद्धताको रूपमा ईभीको प्रयोगलाई प्रवद्र्धन गरेको छ । सन् २०२५ सम्म सबै अटो बिक्रीको २५ प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशतमा ईभी बढाउने वाचा गरेको छ ।
नेपालले द्रुत गतिमा चार्जिङ स्टेसन थप्दैछ । विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार विकास विभागका प्रमुख सागरमणि ज्ञवालीले नेपालमा अहिले ४ सय चार्जिङ स्टेसन रहेको र एक वर्षभित्र यो संख्या दोब्बर हुने अपेक्षा गरिएको बताए ।
चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...
काठमाडौं – नेपालका लागि किङलङको आधिकारिक वितरक सीजी मोटर्सले १९ सिटे ईभी...
नेपाल आउने तयारीमा रहेको नयाँ ईभी ब्राण्ड ओमोडाले सन् २०२३ मा निकै राम्रो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...