नेपालको जलविद्युतका कारण ईभी बिक्री बढ्दै गएको भारतीय मिडियामा चर्चा

नेपालमा प्रचुर मात्रामा जलविद्युत उत्पादन भइरहेको छ । यसका कारण नेपालमा इलेक्ट्रिक गाडीको बिक्री समेत बढिरहेको भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।

यसै सन्दर्भमा भारतीय अनलाइन पोर्टल जागरण डटकममा यस सम्बन्धी समाचार सार्वजनिक भउको छ । समाचारमा बिजुलीको प्रचुर स्रोतका कारण नेपालमा द्रुत गतिमा चार्जिङ नेटवर्क पनि विस्तार भइरहेको बताइएको छ ।

विगत दुई वर्षमा ईभीको आयात दोब्बर भएको भन्सार विभागको तथ्यांकले समेत देखाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युतीय सवारी साधनको प्रयोगले प्रतिवर्ष २ करोड २० लाख अमेरिकी डलरको तेल आयात घटेको छ ।

नेपालमा हाल अधिकतम २ हजार ६०० मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ र नयाँ जलविद्युत आयोजनाको निर्माण बढ्दै गएको छ । नेपालमा सोलार प्लान्टबाट पनि थोरै मात्रामा बिजुली उत्पादन भइरहेको छ ।

समाचारमा भनिएको छ – नेपालमा इलेक्ट्रिक सवारी साधनको बिक्रीको आधिकारिक तथ्यांक उपलब्ध छैन, तर चिनियाँ कम्पनी बीवाईडीको एट्टो ३ र टाटाको नेक्सन ईभी बिक्रीमा हावी रहेको देखिन्छ । नेपालले जलवायु परिवर्तन उत्सर्जनलाई रोक्न आफ्नो राष्ट्रिय प्रतिबद्धताको रूपमा ईभीको प्रयोगलाई प्रवद्र्धन गरेको छ । सन् २०२५ सम्म सबै अटो बिक्रीको २५ प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशतमा ईभी बढाउने वाचा गरेको छ ।

नेपालले द्रुत गतिमा चार्जिङ स्टेसन थप्दैछ । विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार विकास विभागका प्रमुख सागरमणि ज्ञवालीले नेपालमा अहिले ४ सय चार्जिङ स्टेसन रहेको र एक वर्षभित्र यो संख्या दोब्बर हुने अपेक्षा गरिएको बताए ।

सम्बन्धित समाचारहरू

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

काठमाडौं– केईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले अटो...

नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली...

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर नेपालमा

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर नेपालमा

काठमाडौं – एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...