लुयानको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर एस९० नेपालमा सार्वजनिक
काठमाडौं – लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा...
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै सार्वजनिक गरेकी आर्थिक वर्ष २०२५/२६ को बजेटका कारण भारतमा उत्पादन हुने इलेक्ट्रिक सवारी साधन (ईभी) को मूल्यमा केही कमी आउने संकेत देखिएको छ ।
बजेट अनुसार ईभीको ब्याट्री उत्पादनमा लाग्ने महत्वपूर्ण सामग्रिमा भन्सार दर घटाउनेदेखि ब्याट्री उत्पादनमा लागि आवश्यक मेसिनमा लाग्ने भन्सार दर समेत घटाइने भएको छ । ब्याट्री उत्पादनका लागि आवश्यक कोबाल्ट, लिथियम आयोन ब्याट्री स्क्र्याप, लिड, जिंक र अन्य १२ पदार्थमा आधारभूत भन्सार पूर्ण रुपमा हटाइएको छ ।
आफ्नो भाषणमा, भारतीय अर्थमन्त्री सीतारमणले विद्युतीय सवारी साधन (ईभी) ब्याट्री निर्माणको लागि ३५ एडिशनल क्यापिटल गुड्स र मोबाइल फोन ब्याट्री निर्माणको लागि २८ एडिशनल क्यापिटल गुड्स प्रस्ताव गरिन्। यसमा लिथियम आयोन ब्याट्रीका घरेलु निर्माताहरू समावेश हुनेछन्। यसले देशमा मोबाइल ब्याट्री उत्पादन लागत घटाउनेछ, जसको प्रत्यक्ष फाइदा ग्राहकहरूलाई हुने रिपोर्टमा भनिएको छ।
यसबाट ईभी उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थको मूल्यमा कमी आउन सक्ने आँकलन गरिएको छ । नेपालमा चिनियाँ ईभीको बर्चस्व रहको वर्तमान अवस्थामा भारतीय बजेटको यो व्यवस्थाले थोरै भए पनि भारतीय ईभी निर्माता कम्पनीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
एक नेपाली व्यवसायीले भने, ‘यसको असर तत्कालै नपरे पनि दीर्घकालीन दृष्टिकोणले यसमा केही प्रभाव अवश्य पर्नेछ ।’
नेपालमा हाल टाटा, सुजुकी, महिन्द्रा लगायतका भारतीय सवारी साधन निर्माता कम्पनीका सवारी साधन उपलब्ध छन् । यी मध्ये टाटा र महिन्द्राका ईभी पहिले देखि नै उपलब्ध छन् भने भविष्यमा सुजुकीको ईभी ई–भिटारा समेत भित्रिने तयारीमा छ ।
गत ६ महिनाको तथ्यांक हेर्दा नेपाली बजारमा ४ हजार २०५ ईभी भित्रिएका छन् भने १ हजार ५० भारतीय ईभी भित्रिएका छन् ।
काठमाडौं – लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा...
भियतनाममा उदय भएर अमेरिकी बजारमा चर्चित वनेको नयाँ अटोमोबाइल ब्राण्ड...
काठमाडौं – एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...