दक्षिण अफ्रिकी कार बजारमा भारतीय उत्पादनको हिस्सा ५० प्रतिशत

काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा ५० प्रतिशत पुगेको छ । मार्केट इन्टेलिजेन्स फर्म लाइटस्टोनको एक रिपोर्ट अनुसार, २०२५ मा दक्षिण अफ्रिकामा बेचिएका लगभग आधा कारहरूमा कुनै न कुनै रूपमा भारतीय कनेक्सन देखिएको हो ।

यी कारहरू या त टाटा र महिन्द्रा जस्ता ब्रान्डका थिए वा विश्वव्यापी अटोमेकरहरूले भारतबाट आयात गरेका थिए । भारतीय ओइएम दक्षिण अफ्रिकी बजारमा प्रमुख खेलाडीहरूको रूपमा उदाउँदै गरेको उक्त तथ्याङ्कले देखाउँछ ।

२०२५ को पहिलो ६ माहीमा प्यासेन्जर कार सेग्मेन्टमा भारतीय ब्रान्डहरूको हिस्सा लगभग ५० प्रतिशत पुगेको छ । पहिलो ५ महिनामा दक्षिण अफ्रिकामा आयात गरिएका सबै यात्रुवाहक सवारी साधनहरूको ४९ प्रतिशत भारतबाट आएको थियो ।

पिकअप रेन्जको बलियो मागका कारण महिन्द्राले पिकअप ट्रक बजारमा प्रभुत्व जमाएको छ । रिपोर्ट अनुसार, २०२४ मा दक्षिण अफ्रिकामा बेचिएका जापानिज ब्रान्डका हलुका सवारी साधनहरूमध्ये ८४ प्रतिशत भारतबाट आयात गरिएका थिए । यसमा टोयोटा स्टारलेट, स्टारलेट क्रस, भिट्ज र अर्बन क्रुजर जस्ता मोडेलहरू समावेश छन्, जुन मारुति सुजुकीको भारत अपरेसनबाट उत्पादन गरिएका हुन् ।

दक्षिण अफ्रिकामा चिनियाँ अटो उत्पादनक हाभल र चेरी जस्ता ब्रान्डले समेत राम्रै बजार पाएका छन् । २०२४ मा चीनबाट आयात गरिएका सवारी साधनहरूले कुल सवारी साधन बिक्रीको ११ प्रतिशत हिस्सा ओगटेको उल्लेख गरिएको छ । जबकि भारतीय आयातको हिस्सा ३६ प्रतिशत थियो भने स्थानीय रूपमा उत्पादित सवारी साधनहरूले कुल बिक्रीको ३७ प्रतिशत ओगटेका थिए ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियर

यस्तो हुनेछ महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियर

महिन्द्रा एक्सयुभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियरमा उपलब्ध हुने...

महिन्द्राको नयाँ इलेक्ट्रिक कार : सिंगल चार्जमा ४५६ किमी र टप स्पिड १६० किमी प्रतिघण्टा

महिन्द्राको नयाँ इलेक्ट्रिक कार : सिंगल चार्जमा ४५६ किमी र टप स्पिड १६० किमी प्रतिघण्टा

महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक...

स्कर्पियोको दुई मोडल, दुई फरक लक्षित ग्राहक

स्कर्पियोको दुई मोडल, दुई फरक लक्षित ग्राहक

भारतीय अटो निर्माता महिन्द्राले केही दिनपहिले नयाँ स्कर्पियो एन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...