बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारत सरकारले क्लासिक कारको आयात नीति परिमार्जन गरेको छ । यससँगै अब ५० वर्ष वा सोभन्दा माथिका सवारी साधन आयात गर्न सकिने भएको छ । यसअघि सन् १९५० अघि निर्माण भएका गाडी मात्रै मुलुकमा आयात गर्न पाइने नियम थियो ।
संशोधित नीति अन्तर्गत सन् १९७५ सम्म उत्पादन भएका कार आयात गर्न सकिनेछ । ५० वर्षको सीमा रोलिङ आधारमा छ, जसको मतलब अर्को वर्ष, १९७६ सम्म निर्मित कारहरू योग्य हुनेछन् । सवारीसाधनको उमेर यो पहिलो दर्ता भएको मितिबाट निर्धारण गरिनेछ ।
मुलुकमा आयात हुने सबै सवारी साधनमा भन्सार महसुल, जीएसटी र दर्ता शुल्क लगाइने जनाइएको छ । जुन, कारको इनभ्वाइस मूल्यको लगभग २५०% हाराहारी हुन आउँछ ।
विदेश व्यापार महानिर्देशनालयका अनुसार, आयातित कारहरूको पुनः बिक्रीमा प्रतिबन्ध लगाइएको छ । यसरी आयात गरिएका गाडी पुनः बिक्री गर्ने कुनै पनि प्रयास गरेमा भविष्यमा कडा सर्तहरू लगाइने उल्लेख गरिएको छ । डिलरहरूले पालना नगरे ५ वर्षको नो–सेल नियमको चेतावनी पनि दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...