१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ ।

निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । त्यसैगरी एक वर्षकै अवधिमा यसले वृहत सफलता समेत हासिल गरेको छ ।

तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको छ ।

निसान ‘नेक्स्ट’ ट्रान्सफरमेसन अन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट थियो । यसले व्यवसाय र ग्राहकलाई लक्ष्यित गरी हाई–डिमान्ड प्रोडक्टमा कम्पनीको ध्यान केन्द्रीत गर्ने नीतिलाई भित्र्याएको थियो ।

लन्चिङ पश्चात चेन्नाई प्लान्टबाट ४२ हजार भन्दा बढी म्याग्नाइट उत्पादन भएका छन् । कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धि हासिल गर्नु निसानका लागि महत्वपूर्ण छ । यही उपलब्धिका लागि निसान इन्डिया अपरेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको छ ।

भारतलगायतका विश्वका विभिन्न क्षेत्रका लागि निसान अध्यक्ष गुइलम कार्टियरले म्याग्नाइट एक फरक क्षमताको कार भएको र यसको इन्जिनियरिङका साथै बलियोपना र विशेषज्ञताका कारण आगामी दिनमा विश्वका धेरै बजारले यसको अनुभव लिन सक्ने कुरामा उत्साहित भएको बताए । यो निसानको इननोभेटिभ एप्रोचको एक उदाहरण भएको उनको भनाइ छ ।

निसान मोटर इन्डियाका अध्यक्ष सिनान ओज्ककले निसानको ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराको सही प्रतिबिम्ब निसान म्याग्नाइट भएको र ‘बिग, बोल्ड, ब्युटिफुल’ निसान म्याग्नाइटलाई विश्वका १५ बजारमा उपलब्ध गराउन पाउदा गौरवान्वित भएको बताए । यसले उच्च डिजाइन, पर्फमेन्स र भ्याल्युलाई विश्वभर प्रदर्शन गर्न सफल भएको उनको भनाइ छ ।

रेनो निसान अटोमोटिभ प्रालिका म्यानेजिङ डाइरेक्टर तथा चिफ एक्जिक्युटिभ अफिसर बिजु बलेन्द्रनले भने, ‘लन्च गरेको एक वर्षमै निसान म्याग्नाइट बिक्री हुने देशको संख्या बढ्दै जानु म्याग्नाइट कार र हाम्रो इन्डिया टिम दुवैका लागि ठूलो उपलब्धि हो ।’

निसान म्याग्नाइटले बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक तथा अटोकार इन्डिया लगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेको छ । त्यसैगरी हालै यो ‘द रेस मंकी कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ ।

निसान मोटर इन्डिया प्रालिले निसान मोटर कम्पनी लिमिटेड, जापानको शतप्रतिशत सहायक कम्पनीको रुपमा कार्य गरिरहेको छ । सन् २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरु उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसान अन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।

नेपाली बजारमा पनि निसान म्याग्नाइट गत वर्षको फेब्रुअरी अर्थात फागुन पहिलो साता भित्रिएको थियो । नेपाली बजारमा पनि यो निकै नै लोकप्रिय एसयूभी मानिन्छ । हाल नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइटको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...

अटो शोमा निसानको नयाँ विशेषताका तीनवटा गाडी सार्वजनिक

अटो शोमा निसानको नयाँ विशेषताका तीनवटा गाडी सार्वजनिक

काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२३ मा जापनिज ब्रान्ड निसानको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...