भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, यस्ताे छ इन्डियन आयल र नेपाल आयल निगमकाे भनाइ

इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ।

‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलले सामाजिक सञ्जाल एक्समा शुक्रबार पोस्ट गरेको हो ।

उक्त पोस्टमा मानिसहरूलाई अपील गरिएको छ, ‘आत्तिनु पर्दैन । इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’ मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार इन्डियन आयलको यो बयान सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा इन्धन किन्न मानिसहरूको भीड देखिएको पोस्ट र भिडियोहरू सार्वजनिक भएपछि आएको हो।

भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ । 

निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिलेसम्म सबै इन्धनको सहज आपूर्ति भइरहेको भन्दै र आईओसीले अहिलेसम्म केही नभनेको बताउँछन् । अहिलेसम्मको विश्लेषणका आधारमा पनि अभाव हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपालमा आउने ग्यास भने धेरैजसो बिहारको बरौनी रिफाइनरीबाट आउँछ । त्यस्तै, पूवी क्षेत्रको लागि पश्चिम बंगालको हल्दिया पश्चिमी क्षेत्रका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट ग्यास आउने गरेको छ । यी क्षेत्रहरु युद्ध प्रभावित क्षेत्र होइनन् । 

सम्बन्धित समाचारहरू

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...

बीएस७ उत्सर्जन मापदण्ड लागू हुँदै, कार बजारमा पर्नसक्छ यस्तो असर

बीएस७ उत्सर्जन मापदण्ड लागू हुँदै, कार बजारमा पर्नसक्छ यस्तो असर

भारतमा जाडो यामसँगै बढ्दै गएको वायु प्रदूषणका कारण भारत स्टेज–७ अर्थात्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...