चोभार बन्दरगाहमा नयाँ सवारी जाँचपासका लागि आउने क्रम बढ्दै, ४९ सवारी जाँचपास
काठमाडौँ – चोभार सुख्खा बन्दरगाहबाट ४९ वटा सवारी साधन जाँचपास भएका छन् ।...
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ।
‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलले सामाजिक सञ्जाल एक्समा शुक्रबार पोस्ट गरेको हो ।
उक्त पोस्टमा मानिसहरूलाई अपील गरिएको छ, ‘आत्तिनु पर्दैन । इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’ मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार इन्डियन आयलको यो बयान सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा इन्धन किन्न मानिसहरूको भीड देखिएको पोस्ट र भिडियोहरू सार्वजनिक भएपछि आएको हो।
भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिलेसम्म सबै इन्धनको सहज आपूर्ति भइरहेको भन्दै र आईओसीले अहिलेसम्म केही नभनेको बताउँछन् । अहिलेसम्मको विश्लेषणका आधारमा पनि अभाव हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपालमा आउने ग्यास भने धेरैजसो बिहारको बरौनी रिफाइनरीबाट आउँछ । त्यस्तै, पूवी क्षेत्रको लागि पश्चिम बंगालको हल्दिया पश्चिमी क्षेत्रका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट ग्यास आउने गरेको छ । यी क्षेत्रहरु युद्ध प्रभावित क्षेत्र होइनन् ।
काठमाडौँ – चोभार सुख्खा बन्दरगाहबाट ४९ वटा सवारी साधन जाँचपास भएका छन् ।...
काठमाडौं – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...